Shittalpati
विश्व उच्च रक्तचाप दिवस मनाइँदै

पाल्पा, आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।

यस दिवसका अवसरमा स्वास्थ्य तथा जनसङविश्व उच्च रक्तचाप दिवस मनाइँदैया मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको संङ्या दिनप्रतिदिन बढ्दै गएको छ । सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन् । नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । मानिसलाई उच्च रक्तचाप भएको समेत थाहा नपाउने भएकाले यसको रोकथामका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा रक्तचाप र मुटुको रोग सम्बन्धी पठनपाठनको व्यवस्था र समुदायस्तरमै परीक्षण गर्नुपर्ने विज्ञ बताउँछन् । आधारभूत स्वास्थ्य परीक्षण गराउँदा कुनै समस्या देखिए सामान्य औषधिको प्रयोगबाट पनि रोग नियन्त्रण गर्न सकिने भएकाले समुदायस्तरमा जनचेतना फैलाउनुपर्ने चिकित्सकहरुको जोड रहेको छ । अति व्यस्त र मानिसको महत्वाकांक्षी सोचका कारण स्वास्थ्यलाई ध्यान नदिने र आम्दानीलाई प्राथमिकतामा राख्ने प्रवृत्तिका कारण पनि उच्च रक्तचाप लगायत नसर्ने रोग बढिरहेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update