बझाङमा एमालेका भण्डारी विजयी
सोमबार, वैशाख १७, २०८१

पाल्पा जेसिजद्वारा रुद्रवेणीधाममा रहेको आश्रममा स्वास्थ्य शिविर
आइतबार, वैशाख १६, २०८१
पाल्पा जेसिज वर्ष २०२४ ले गुल्मीमा रहेको एक आश्रममा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उसले जिल्लाको सत्यवती गाउँपालिका–१ मा रहेको श्रीराम मन्दिर तार्केश्वर परमानन्द सन्यास आश्रम रुद्रबेणीधाममा पुगेर एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

मृतकका परिवार र आगलागी पीडितलाई निर्माणकर्मी संघको सहयोग
शनिबार, वैशाख १५, २०८१
जिल्लाका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मृतकका परिवार र आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।

नेपालको रोमाञ्चक जित
शनिबार, वैशाख १५, २०८१
कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी २० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले ।

निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको आग्रह
शनिबार, वैशाख १५, २०८१
पछिल्लो ससमय इन्टरनेट प्रयोगबाट वित्तिय कारोबार असुरक्षित बन्दै गएपछि राष्ट्र बैंकले त्यसतर्फ सचेत हुन सबैमा अनुरोध गरेको छ । उसले निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार सुरक्षित नहुने भन्दै त्यसबाट कारोबार गर्दा सचेत हुन आग्रह गरेको हो ।

जेठ ११ देखि एमाले पाल्पाको जिल्ला अधिवेशन
शनिबार, वैशाख १५, २०८१
नेपाल कम्युनिस्ट पार्टी (एमाले) पाल्पाको १० औँ जिल्ला अधिवेशन आगामी जेठ ११ देखि गर्ने निर्णय भएको छ । जिल्ला कमिटीको बैठकले जेठको ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

‘जनजिविकाका सवालमा काँग्रेस प्रतिवद्ध छ’
शनिबार, वैशाख १५, २०८१
नेपाली काँग्रेस पाल्पाको नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । काँग्रेसले तानसेनस्थित विपि स्मृति भवनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो विमोचन गरेको हो ।

बढ्दो वायु प्रदूषण
शनिबार, वैशाख १५, २०८१
विगत केही हप्तायता देशभरि नै वायु प्रदूषण बढिरहेको छ । डढेलोका कारण वायु गुणस्तर अत्यन्तै अस्वस्थ स्तरमा पुगेको छ । हाम्रै आँखाले प्रष्ट देखिने गरी प्रदूषण बढेको छ । यो अवस्थामा प्रदूषणले कुनै न कुनै किसिमको स्वास्थ्य समस्या हुनसक्छ ।
-1713794111.jpg)
पाल्पामा पनि शिक्षाका लागि विश्व कार्य सप्ताह सुरु
सोमबार, वैशाख १०, २०८१
सबै बालबालिकाले समान र समतामूलक रुपमा शिक्षा पाउनुपर्ने आवाजसहित शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले देशभर शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु गरेको छ । विभिन्न कार्यक्रमसहित सोमबारदेखि कार्यसप्ताह सुरु भएको हो ।

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा
सोमबार, वैशाख १०, २०८१
लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै १५ दिनमै जसपा सरकारबाट बाहिरिएको हो ।
-1713675285.jpg)
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृहको निर्देशन
आइतबार, वैशाख ९, २०८१
, गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन पुनः निर्देशन दिएका हुन् ।

गुल्मीका विभिन्न ठाउँमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी
शनिबार, वैशाख ८, २०८१
गुल्मीका विभिन्न ठाउँमा शनिबार विहानदेखि भिषण आगलागी भइरहेको छ । जंगल नजिकै रहेका वस्तीमा भिषण आगलागी भइरहेको हो ।