Shittalpati
भिजन लुम्बिनी मातहत कम्पनीका प्रतिनिधिहरु पाल्पामा

पाल्पा, भिजन लुम्बिनी कम्पनी लि. मातहत रहेका कम्पनीका प्रतिनिधिहरुले  पाल्पामा तीन दिने प्रशिक्षण लिएका छन् । भिजन लुम्बिनीमार्फत देशको समृद्धि हासिल गर्ने र नेतृत्व विकास गर्ने उद्देश्यले  कम्पनीको प्रतिनिधिहरुले जिल्लाको तानसेनमा तीन दिने  प्रशिक्षण लिएका हुन् ।

भिजन लुम्बिनी कम्पनी लिमिटेड, भिजन उर्जा क.लि. भिजन नेपाल क.लि. बज्र भेन्चर लि.को आयोजनामा विहीबारदेखि सञ्चालन भएको प्रशिक्षण शनिबार सकिएको छ । प्रशिक्षणमा मुख्य प्रशिक्षक मिलन गुरुङले नेतृत्व, कर्पोरेट अर्गनाइजेसन, दिपेन्द्र ढकालले नेतृत्व विकास, उत्प्रेरणा, रामप्रसाद खनालले कर्पोरेट लिगल एण्ड ट्रेक्सेसन, जीवन भण्डारीले एआई राजीव गौतमले आइटी, डा . रामप्रसाद आचार्यले व्यवहारिक जीवन र रस्मी सिल्पकारले नेतृत्व विकास र कम्युनिकेसन लगायतका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा देशभरका ९ कम्पनीका बोर्ड डाइरेक्टरहरुको सहभागीता रहेको थियो ।  समापन कार्यक्रममा प्रशिक्षक डा. प्रोफेसर रामचन्द्र आचार्यले भिजन लुम्बिनीमार्फत देशको विकास र समृद्धि हासिल गर्न प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रशिक्षणमा सिकेका कुराहरु व्यवहारमा  उतार्न सहभागीहरुलाई आग्रह गरे ।  भिजन लुम्बिनी, भिजन नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले स–सानो पुजीले मुलुकको समृद्धि हासिल गर्न सकिन्छ भन्ने उद्देश्य राखेर आफुहरु अगाडि बढेको बताए । उनले ३ लाखदेखि ५ लाख सम्म यो अभियानामा जोड्ने बताए । भिजन उर्जाका अध्यक्ष सुदिप सिं अधिकारीले सिकाई कहिल्यै अन्त्य नहुने भन्दै सिकेका कुराहरुलाई व्यवहारमा उतारेर व्यवसायलाई बढाउन  आग्रह गरे । कार्यक्रममा प्रशिक्षक मिलन गुरुङ, जेसिज पाल्पाका अध्यक्ष विवेककाजी शाक्य, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी,  सहभागीहरु टेकराज रेग्मी, अमर घिमिरे, कुमार मणी पोखरेल, सन्तोष पोखरेल लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रम भिजन लुम्बिनी, भिजन नेपालका अध्यक्ष जगत बहादुर पोखरेल र  भिजन उर्जाका अध्यक्ष सुदिप सिं अधिकारीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update