तिनाउ खोलामा बेपत्ता भारतीय नागरिक मृत भेटिए

पाल्पा, जिल्लाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन् । विहीबार दिउँसो जिल्लाको तिनाउ गाउँपालिका –३ तिनाउखोला ड्यामसाईडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी आज मृत अवस्थामा फेला परेका हुन् ।
नेपाल प्रहरी, नेपाली सेनाको तालिम प्राप्त टोलीले ड्याम साईडबाट शव निकाल्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराई बताए । अन्सरी ४ जना साथीहरुसँग घुम्न आएका थिए । साथीहरु भने सकुशल रहेका छन् । पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुवेर मात्र वैशाख र जेठ महिनामा ३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०८२
प्रतिक्रिया दिनुहोस्