Shittalpati
साउने संक्रान्तिले दिने सन्देश
साउने संक्रान्तिले दिने सन्देश सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण संक्रान्ति भनिन्छ । प्राय सबैले यसलाई साउने संक्रान्ति पनि भन्दछन् । आजकै दिनबाट नै वर्षा ऋतुको आरम्भ हुन्छ । साउन सङक्रान्तिले धान रोप्ने समयको समाप्तिलाई जनाउछ । साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको धार्मिक महत्व रहेको बताइन्छ ...
आत्मदाह होइन, जीवन रोज्ने समाज निर्माण गरौँ
आत्मदाह होइन, जीवन रोज्ने समाज निर्माण गरौँ मुगुका २५ वर्षीय गणेश नेपालीको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली । उनको परिवार, आफ्न्त र शुभेच्छुकहरूप्रति गहिरो समवेदना । कसैको मृत्युमा खिसिट्युरी गर्ने, राजनीतिक लाभ खोज्ने वा मानविय पीडालाई प्रदर्शनको विषय बनाउने अधिकार न मलाई छ, न कसैलाई हुनुपर्छ । मृत्युको पीडा मर्ने व्यक्तिभन्दा पनि पछाडी बाँचेका परिवार, आफन्त र समाजले...
विपद्सँग खेलवाड नगरौं
विपद्सँग खेलवाड नगरौं नेपाल प्राकृतिक रूपमा सुन्दर देश भए पनि भूकम्प, बाढी, पहिरो, डढेलो, हिमपहिरो तथा चट्याङजस्ता विभिन्न विपद्को उच्च जोखिममा रहेको राष्ट्र हो । हरेक वर्ष वर्षायाम सुरु भएसँगै बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति हुने गरेको छ । अहिले पनि निरन्तरको वर्षासँगै देशका अधिकांश भागमा बाढी र पहिरोको कहर सुरु...
युवा दक्षता दिवस र यसको सार्थकता
युवा दक्षता दिवस र यसको सार्थकता प्रत्येक वर्षजस्तै आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभरि मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा यो दिवस मनाउने गरिएको हो ।
जनताप्रति संवेदनशील बन
जनताप्रति संवेदनशील बन मुलुकमा झण्डै दुई तिहाइको सरकार  गठन भएको छ ।  नयाँ दलका रुपमा उदायको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार छ ।  प्रचण्ड मत भएको यो सरकारबाट जनताले  धेरै ठूलो अपेक्षा गरेका थिए । तर जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेको छैन् ।
भानुभक्तको स्मरण
भानुभक्तको स्मरण आदिकविका रुपमा परिचित भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ती आज देश–विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानुभक्तको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाइन्छ । संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम जनतासम्म पुर्‍याउने भानुभक्तको योगदान नेपाली साहित्यको इतिहासमा अतुलनीय छ ।
 वित्तीय सुशासनलाई व्यवहारमै कार्यान्वयन गरौं  
 वित्तीय सुशासनलाई व्यवहारमै कार्यान्वयन गरौं   कुनै पनि राष्ट्रको समृद्धि, विकास र नागरिकको विश्वासको आधार वित्तीय सुशासन हो । राज्यले संकलन गर्ने राजस्व, विदेशी सहायता, ऋण तथा सार्वजनिक स्रोत–साधनको पारदर्शी, उत्तरदायी र प्रभावकारी व्यवस्थापन हुन सके मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ ।
विश्व जनसंख्या दिवस  र यसको सार्थकता 
विश्व जनसंख्या दिवस  र यसको सार्थकता   विश्व जनसंख्या दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यस दिवसले जनसंख्या वृद्धि, जनस्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, प्रजनन स्वास्थ्य तथा दिगो विकासजस्ता विषयमा विश्वव्यापी सचेतना फैलाउने उद्देश्य राख्छ ...
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन होस्
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन होस् नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । प्रत्येक आर्थिक वर्षका लागि सार्वजनिक गर्दै आएको मौद्रिक नीति यस वर्ष पनि सार्वजनिक गरिएको हो ।
व्यापारघाटा घटाऔँ
व्यापारघाटा घटाऔँ साधारणतः आयातको वृद्धिदर बढ्नु र निर्यातको वृद्धिदर घट्नु नै व्यापार घाटाको अवस्था हो । नेपालको अर्थतन्त्रका लागि यो एउटा प्रमुख चुनौतीका रुपमा रहेको छ । वर्षेनी आयातको मात्रा बढ्दै जाँदा निर्यात अपेक्षाकृत कम रहँदा देशको व्यापार सन्तुलन निरन्तर ऋणात्मक बन्दै गएको छ ।
असारे विकास उस्तै
असारे विकास उस्तै नेपालमा हरेक वर्ष असार महिना लागेसँगै विकास निर्माणका कामहरू एकाएक तीव्र हुने दृश्य सामान्यजस्तै बनिसकेको छ । आर्थिक वर्षको अन्तिम महिनामा बजेट सक्न हतार–हतार सडक कालोपत्रे गर्ने, नाला बनाउने, भवन निर्माण गर्ने तथा अन्य पूर्वाधारका कामहरू गर्ने प्रवृत्तिलाई आम रूपमा छ ।
डेंगी संक्रमण फैलिन नदेऊ
डेंगी संक्रमण फैलिन नदेऊ पानी पर्न थालेपछि डेंगी संक्रमण समेत बढ्ने प्रक्षेपण गरिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगी सङ्क्रमणको जोखिम बढ्ने भन्दै  आवश्यक सर्तकता अपनाउन सबैमा अनुरोध  गर्दै आएको छ ।
Weather Update