Shittalpati
बराङ्दीको शिवासन कृषि सहकारीले मनायो आठौं साधारण सभा
बराङ्दीको शिवासन कृषि सहकारीले मनायो आठौं साधारण सभा जिल्लाको बगनासकाली गाउँपालिका –८ बराङ्दीमा रहेको शिवासन कृषि सहकारी संस्था लिमिटेड आठौं साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो ।
गुल्मीको अम्मरपुरमा काँग्रेसको शोक सभा
गुल्मीको अम्मरपुरमा काँग्रेसको शोक सभा नेपाली काँग्रेसले जिल्लाको इस्मा गाउँपालिकामा शोक सभा कार्यक्रम गरेको छ । इस्मा–६ वडा कार्यसमितिको आयोजनामा शोक सभा कार्यक्रम गरिएको हो ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु लुम्बिनी प्रदेशको रुपन्देही र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीमा ट्रकले ठक्कर दिँदा एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ भने, रोल्पामा ट्याक्टर दुर्घटनामा अर्को एक जनाको मृत्यु भएको हो ।
चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई दिइयो
चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई दिइयो महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामाले एक औपचारिक कार्यक्रमका बिच चोरिएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाएको हो ।
बगनासकाली गाउँ सरकारद्वारा सार्वजनिक सुनुवाई
बगनासकाली गाउँ सरकारद्वारा सार्वजनिक सुनुवाई बगनासकाली गाउँपालिकाले डेढ बर्षको अवधिमा भएका काम गतविधिलाई केन्द्रित गरेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
गुल्मी काँग्रेसको अठोट: सवल वडा, सक्षम टोल
गुल्मी काँग्रेसको अठोट: सवल वडा, सक्षम टोल गुल्मी काँग्रेसले ‘सवल वडा सक्षम टोल’ भन्ने अठोटका साथ अभियान अगाडि बढाउने भएको छ । काँग्रेसले पहिलो बैठकबाटै उक्त नारालाई उत्साहका साथ अनुमोदन गर्दै विभिन्न नयाँ र दूरगामी महत्वका विषय माथि व्यापक छलफल र निर्णय गरेको छ ।
पुनः वर्षा र हिमपातको सम्भावना
पुनः वर्षा र हिमपातको सम्भावना पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।
पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो ।
‘एमाले सरकारको बाधक प्रचण्ड र माधव’
‘एमाले सरकारको बाधक प्रचण्ड र माधव’ नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले नेकपा एमाले सरकारको बाधक प्रचण्ड र माधव नेपाल रहेको बताएका छन् । नेकपा एमाले छत्रकोट गुल्मीले खज्र्याङ्गमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमाले नेतृत्वको सरकारलाई पुरा समय टिक्न नदिन प्रचण्ड र माधव बाधक बनेको बताएका हुन् ।
ट्रयाक्टर पल्टिंदा दुईको मृत्यु
ट्रयाक्टर पल्टिंदा दुईको मृत्यु कपिलवस्तुमा ट्रयाक्टर पल्टिंदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु ४ त २४०२ नंको ट्रयाक्टर मंगलबार बिहान दुर्घटना भएको थियो ।
लुम्बिनीमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता
लुम्बिनीमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता राष्ट्रियसभाको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन र एमालेले उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएका छन् ।
Weather Update