Shittalpati
‘एमाले सरकारको बाधक प्रचण्ड र माधव’

गुल्मी, नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले नेकपा एमाले सरकारको बाधक प्रचण्ड र माधव नेपाल रहेको बताएका छन् । नेकपा एमाले छत्रकोट गुल्मीले खज्र्याङ्गमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमाले नेतृत्वको सरकारलाई पुरा समय टिक्न नदिन प्रचण्ड र माधव बाधक बनेको बताएका हुन् ।

उनले सरकार सञ्चालनको खेलमा उनीहरु गेटी बनेको आरोप लगाए । पूर्वमन्त्री समेत रहेका ज्ञवालीले नेकपा एमाले सरकारमा नहुँदा पनि जनपयोगी काम गरेका कारण एमालेमा जनलहर बढेको बताए । उनले भने ‘राष्ट्रियता र जनजिविकाको लागि सरकारमा रहँदा पनि नरहँदा पनि आफ्नो अभियानमा एमाले जुटिरहयो ।’ एमाले पार्टी सत्तामा नभएर सरकार बलियो नभएको बताए । एमाले नेतृत्वको सरकारले अहिलेसम्मै इतिहास राज्यका श्रोत साधनको दुरुपयोग नगरे उल्लेख गरे । वर्तमान गठबन्धनको सरकार जतिदिन बस्छ त्यतिदिन जनघाति काम हुने उनले बताए । नेता ज्ञवालीले वर्तमान प्रमादेशको सरकार र गठबन्धनका नेताहरु मात्रै एमाले र केपी ओलीलाई गाली गर्ने बाहेक अरु एजेण्डा नभएको बताए । एजेण्डा विहीन सरकारलाई धेरै समय राख्नु भनेको जनघाती काम मात्रै हुने भएकाले मुलुक छिटो भन्दा छिटो निर्वाचनमा जानुपर्नेमा उनले जोड दिए ।

एमालेमा प्रवेश गर्ने बढे

पाल्पामा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने बढेका छन् । जिल्लाको छत्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका प्रभावशाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेसँगै एमाले प्रवेश गर्नेको संख्या बढेको हो । छत्रकोट गाउँपालिका ५ खज्र्याङ्गमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । छत्रकोट गाउँपालिकामा २०७४ सालमा गाउँपालिका प्रमुखका उम्मेदवार बनेका रामप्रसाद पाण्डे, गाउँपालिका सचिव सरोज पाण्डे, कोषाध्यक्ष इन्दिरा पाण्डे सहित नेकपा माओवादीबाट प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा छत्रकोटको खज्र्याङ्ग र दौंघाबाट नेपाली नेपाली काँग्रेसबाट पनि केहि नेता तथा सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नव प्रवेसी सयौं कार्यकर्ताहरुलाई नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पार्टीमा टीका लगाएर स्वागत गरे । पार्टीमा प्रवेश गर्दै रामप्रसाद पाण्डे र सरोज पाण्डेले नेकपा एमालेले थालेको कम्युनिष्ट आन्दोलनलाई थप इटा थप्न पार्टीमा प्रवेश गरेको बताए । उनले नेकपा माओवादी केन्द्र जनताको जनभावना अनुसार चल्न नसकेको बताए । यो देशमा कम्युनिष्ट शक्ति एक भएर अगाडि बढाउनको लागि नेकपा एमालेले मात्रै अगुवाइ गर्न सक्ने भएकाले सबै नेता कार्यकर्तालाई एमालेको आन्दोलनमा एकता बद्ध भएर अगाडि बढन आग्रह गरे ।    –अनिल खत्री

प्रकाशित मिति: बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update