Shittalpati
१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । पोखरा महानगरपालिका–१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी...
बीपी जयन्तीको अवसरमा तानसेनमा पुस्तकालय स्थापना
बीपी जयन्तीको अवसरमा तानसेनमा पुस्तकालय स्थापना बीपी स्मृति पुस्तकालयको स्थापना गरिएको छ । १०७ औं विपी जयन्तीको अवसरमा पाल्पा काँग्रेसले तानसेनमा बीपी स्मृति पुस्तकालयको स्थापना गरेको हो । पुस्तकालयको नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले उद्घाटन गरेका हुन् ।
अनलाइन वक्तृत्वकलामा रामतुल्सीकी रविना विजयी
अनलाइन वक्तृत्वकलामा रामतुल्सीकी रविना विजयी जिल्लास्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगितामा रामतुल्सी मावि रामपुरकी रविना ढकाल विजयी भएकी छिन् । ‘कोरोना कहर, हाम्रो शिक्षा र सरोकारवालाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरुलाई उछिन्दै रविना विजय भएकी हुन् ।
कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या बढ्दै
कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या बढ्दै पछिल्ला केही दिन यता कोरोना संक्रमणको तुलनामा संक्रमण मुक्त भई घर फर्कनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि संक्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको संख्या बढ्दै गएको हो ।
महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण पुष्टि
महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण पुष्टि नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनले मंगलबार परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
केही दिन वर्षाको क्रम बढ्ने : बाढीरपहिरोको सम्भावना
केही दिन वर्षाको क्रम बढ्ने : बाढीरपहिरोको सम्भावना आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ ।
लागुऔषध सहित दुई पक्राउ
लागुऔषध सहित दुई पक्राउ महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
कोरोना सङ्क्रमितको उपचार निःशुल्क
कोरोना सङ्क्रमितको उपचार निःशुल्क जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ ।
पाल्पामा थप चार जनामा संक्रमण, केही स्थानीय तह बन्द
पाल्पामा थप चार जनामा संक्रमण, केही स्थानीय तह बन्द जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आइतवार साँझ र सोमवार गरी तानसेनका एक जना र माथागढीका ३ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेन नगरपालिका ११ घर भई वडा ४ मा बस्ने एक महिलामा संक्रमण देखिएको स्वास्थ्य...
जिल्ला अस्पताल पाल्पा सिल
जिल्ला अस्पताल पाल्पा सिल
पाल्पामा थप १६ जनामा संक्रमण, संक्रमित मध्ये १२ जना समुदायस्तरका
पाल्पामा थप १६ जनामा संक्रमण, संक्रमित मध्ये १२ जना समुदायस्तरका जिल्लामा थप १६ जनामा संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा माथागढीका ५ पुरुष, रैनादेवी छहराका १ महिला १ पुरुष, बगनासकालीका १ पुरुष, तिनाउँ गाउँपालिकाका ८ पुरुष गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आइतबार एक हजार ८ सय १४ ले कोरोना जिते
आइतबार एक हजार ८ सय १४ ले कोरोना जिते नेपालमा कोरोना निको भएर घर फर्किनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आइतबार पछिल्लो २४ घण्टामा एक हजार ८ सय १४ संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् ।
Weather Update