रूपन्देही उपनिर्वाचनको निर्वाचन तालिका सार्वजनिक
आइतबार, साउन ४, २०८२
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
आइतबार, साउन ४, २०८२
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही, दाङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द
आइतबार, साउन ४, २०८२
बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो ।
लायन्स क्लव अफ पाल्पा भैरवद्वारा वृक्षारोपण
शनिबार, साउन ३, २०८२
लायन्स क्लव अफ पाल्पा भैरवले तानसेनको बतासेडाँडामा फुलहरुको वृक्षरोपण गरेको छ ।
काँग्रेसको समन्वयमा रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला पाँच दिनपछि खुल्यो
शनिबार, साउन ३, २०८२
जिल्लाको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला पाँच दिनपछि खुलेको छ । ३० असारदेखि नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटीले लगाएको ताला शुक्रबार नेपाली काँग्रेस रुरु क्षेत्र गाउँपालिकाको समन्वयमा खुलाइएको हो ।
व्यावसायिक काँक्रोेखेतीमा रमाउँदै पौडेल दाजुभाइ
शनिबार, साउन ३, २०८२
यहाँका दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोेखेती थालेका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका–६ टिकाजा घर भई पोखरा बस्दै आएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका–४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रोेखेती सुरू गरेका हुन्।
पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो
शनिबार, साउन ३, २०८२
पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नसर्ने रोगमध्ये मधुमेह र उच्च रक्तचापको समस्याबाट प्रभावितको सङ्ख्या सबैभन्दा धेरै छ ।
तानसेनमा ‘कोरा साइक्लिङ च्यालेञ्ज’ : यात्रामा निस्किए उत्साहजनक रुपमा साइकलयात्री
शनिबार, साउन ३, २०८२
साइकल प्रेमीहरुको महोत्सवका रूपमा मनाइँदै आएको कोरा साइक्लिङ च्यालेञ्ज २०२५ पाल्पाको तानसेनमा आयोजना गरिएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा शनिबार तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरु भएको हो ।
पाल्पा उद्योग वाणिज्य संघमा विवाद
शनिबार, साउन ३, २०८२
जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघमा विवाद सिर्जना भएको छ । संघको निर्वाचन नजिकिदै जाँदा सदस्यता थप्ने क्रममा हानथाप भएपछि संघ भित्र विवाद चर्किएको हो ।
वामदेव र माधवको पार्टीबिच एकता
शुक्रबार, साउन २, २०८२
नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा भएको हो । दुई पार्टीका अध्यक्षहरू माधवकुमार नेपाल र वामदेव गौतमबीच गत शुक्रबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी...
आइतबारदेखि भारी वर्षाको प्रक्षेपण
शुक्रबार, साउन २, २०८२
आइतबारदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने उनीहरुले प्रक्षेपण गरेका हुन् ।
पाल्पामा भोली ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुँदै, तयारी पुरा
शुक्रबार, साउन २, २०८२
पाल्पामा भोली ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुने भएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा साइकल पर्यटनबारे जानकारी होस् भन्ने उद्देश्यका साथ जिल्लाका धार्मिक पर्यटकीय क्षेत्रलाई समेट्ने गरि ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुन लागेको हो ।
राहुघाटको म्याद तेस्रोपटक थपियो
शुक्रबार, साउन २, २०८२
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो ।


