वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती
बुधबार, असार ३२, २०८२
सामान्य प्रशासन मन्त्रीमा न्यौपाने नियुक्त
मंगलबार, असार ३१, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।
दर्लम महाकाली मन्दिरमा सेनाले चढायो २५ किलोको घण्टी
मंगलबार, असार ३१, २०८२
जिल्लाको बगनासकाली गाउँपालिका–५ स्थित ऐतिहासिक दर्लम महाकाली मन्दिरमा नेपाली सेनाले २५ किलोको घण्टी चढाएको छ । नेपाली सेना दि फेमस महिन्द्र दल गण तानसेनबाट गएको सेनाको टोलीले मंगलबार विधिपूर्वक पूजाआजा गरि भगवती मातालाई उक्त घण्टी चढाएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
मंगलबार, असार ३१, २०८२
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, नवलपरासी पूर्व र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
मंगलबार, असार ३१, २०८२
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।
आज विश्व युवा दक्षता दिवस मनाइँदै
मंगलबार, असार ३१, २०८२
जुलाई १५ तारिख अर्थात् आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । युवाहरूको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइने गरिन्छ ।
दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
मंगलबार, असार ३१, २०८२
दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ । बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो ।
करेन्ट लागेर दुई जनाको मृत्यु
सोमबार, असार ३०, २०८२
छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही र झापामा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सोमबार, असार ३०, २०८२
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषा र बर्दियामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको हो ।
जियोकृषि एपमार्फत कृषक डिजिटल सेवा
सोमबार, असार ३०, २०८२
यहाँको रिब्दीकोट गाउँपालिका –२ का टिकाबहादुर राना व्यवसायिक कृषक हुन् । उनले चार वटा टनेलमा टमाटर फलाउँदै आएका छन् । बारीमा उत्पादन गरेको टमाटर रानाले सहकारीमार्फत विक्री गर्दै आएका छन् ।
कृषकको सहारा बन्दै ‘जियोकृषि एप’
सोमबार, असार ३०, २०८२
पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिरिक्त सामाजिक सञ्जाल चलाउने धेरै छन् । प्रविधिको सदुपयोग गरेर व्यावसायिक बन्ने किसानको सङ्ख्या पनि बढ्दो छ । यहाँका केही किसानहरू मोबाइलमा प्रविधिको प्रयोगबाट आत्मनिर्भर बन्नमा सहयोग पुगेको छ ।
म्याग्दीका छवटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना
सोमबार, असार ३०, २०८२
म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । धवलागिरि गाउँपालिका–७ शिवाङको हेम नमूना आवासीय मावि, मङ्गला गाउँपालिका–२ बाबियाचौरको मङ्गला मावि, रघुगङ्गा गाउँपालिका–३ पिप्लेको रघुगङ्गा मावि र अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग माविमा २१र२१ वटा कम्प्युटरको व्यवस्थापन गरेर प्रयोगशाला स्थापना भएको हो ।
पाल्पामा पहिरो र भू–क्षय रोक्न ‘बायो इञ्जिनियरिङ प्रविधि’
सोमबार, असार ३०, २०८२
तानसेनमा ‘बायो इञ्जिनियरिङ प्रविधि’ मार्फत पहिरो तथा भू–क्षय नियन्त्रण गर्न थालिएको छ । तानसेनस्थित लामिडाँडाको सडकमा बायो इञ्जिनियरिङ प्रविधि प्रयोग गरी पहिरो रोकथाम र भू–क्षय नियन्त्रण गर्न थालिएको हो ।


