Shittalpati
कालीगण्डकी करिडोर अन्तर्गतका दुई सडक हस्तान्तरण
कालीगण्डकी करिडोर अन्तर्गतका दुई सडक हस्तान्तरण कालीगण्डकी करिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) सडक योजना पाल्पाअन्तर्गतका दुई वटा सडक हस्तान्तरण गरिएको छ । करिडोर सडक योजनाले रानीमहल–अर्गली र पिपलडाँडा–गैंडाकोट सडकखण्ड  सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको हो ।
जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु
जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका–५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो ।
 आज नेवार समुदायमा घण्टाकर्ण पर्व मनाइँदै
 आज नेवार समुदायमा घण्टाकर्ण पर्व मनाइँदै नेवार समुदायमा आज गथाँमुग पर्व अर्थात् घण्टाकर्ण चतुर्दशी मनाइँदै छ । दोवाटो र चौवाटोमा नर्कटको लि·ाकृति तीन खुट्टे गथाँमुग ठड्याई नेवार समुदायमा गथाँमुग पर्व मनाउने गरिन्छ ।
पाल्पामा वृक्षारोपण गरेर काँग्रेसले मनायो वि.पि स्मृति दिवस
पाल्पामा वृक्षारोपण गरेर काँग्रेसले मनायो वि.पि स्मृति दिवस प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइरालाको ४३ औं स्मृति दिवस मंगलबार पाल्पामा वृक्षारोपण गरि मनाइएको छ । नेपाली काँग्रेसले जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण गरी दिवस मनाएको हो ।
गुल्मीमा २०० बस्ती बाढी र पहिरोको उच्च जोखिममा
गुल्मीमा २०० बस्ती बाढी र पहिरोको उच्च जोखिममा यहाँ करिब २०० बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका २०० जति ठाउँ बाढी र पहिरोको जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । 
केदारनाथमा पदमार्ग निर्माण
केदारनाथमा पदमार्ग निर्माण गल्याङ नगरपालिका–७ स्थित धार्मिक एवम् पर्यटकीयस्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । गल्याङ–८ चिउरीस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट केदारनाथ मन्दिरलाई जोड्ने गरी पदमार्ग निर्माण गरिएको हो ।
मकैबाली जोगाउन हेरालु नियुक्त
मकैबाली जोगाउन हेरालु नियुक्त अर्घाखाँचीमा वन्यजन्तुबाट बालीनाली जोगाउन हेरालु नियुक्त गरिएको छ । सो कार्यका लागि २० कर्मचारी नियुक्ति गरिएको छ ।
काँग्रेस पाल्पाले वि.पि.को स्मृतिमा वृक्षारोपणसँगै अन्तक्र्रिया गर्दै
काँग्रेस पाल्पाले वि.पि.को स्मृतिमा वृक्षारोपणसँगै अन्तक्र्रिया गर्दै प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइरालाको ४३ औं स्मृति दिवसका अवसरमा  भोली (मंगलबार) नेपाली काँग्रेस पाल्पाले विभिन्न कार्यक्रम गरी मनाउँदै छ । काँग्रेसले जिल्लाका १० वटै स्थानीय तहमा वृक्षारोपण र अन्तक्र्रिया गरी वि.पि स्मृति दिवस मनाउन लागेको हो ।
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो आज साउन महिनाको पहिलो सोमबार । बिहानैदेखि पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुरलगायतका शिवालय मन्दिरमा...
हेंवाखोला बाढी तीनवर्ष  हटेन सास्ती
हेंवाखोला बाढी तीनवर्ष  हटेन सास्ती ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–७ खेवाङका रश्मी आचार्य दुई वर्षअघि विसं २०८० असार तेस्रो साता गाउँको विद्युतीकरणको कामको सिलसिलामा फिदिम आएका थिए । बाढीले हेंवा खोलाको सडक पुल बगाएको उनलाई जानकारी नै थियो । तर आर्थिक वर्ष सकिन लागेकाले नआइ नहुने भयो । डिजेलको अभावले गाउँबाट चल्ने सवारीसाधन बेलाबखत मात्रै चल्ने भइसकेका...
किवी खेतीमा कालिगण्डकीका युवाको आकर्षण
किवी खेतीमा कालिगण्डकीका युवाको आकर्षण पछिल्लो समय गाउँबाट बसाइँसराइ गरी बजार झर्नेको संख्या निकै ठूलो छ । सेवा सुविधा खोज्दै स्थानीय सहर बजारतिर झर्न थालेसँगै गाउँ सुनसान बन्दै गएका छन् । गाउँमा भएका युवा पनि विदेश पलायन भइरहेका छन् । बसाइँसराइ र विदेश पलायनले गर्दागाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएका छन् तर, गुल्मीको कालिगण्डकीगाउँपालिका–२ का...
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त म्याग्दीको धवलागिरि गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकबरे जातको खुर्सानी खेती भएको छ । धवलागिरि –७ शिवाङको धौलागिरि कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानीखेती गरेका छन । 
Weather Update