Shittalpati
सत्ताकेन्द्रित खेल बन्द गर
सत्ताकेन्द्रित खेल बन्द गर बाढीपहिरो पीडितहरुको लागि राहत र पुर्नस्थापनामा जुट्नुपर्ने सरकार र राजनीतिक दलहरु यति बेला एक अर्काको आलोचना गर्दै सत्ताकेन्द्रीत खेलमा लागेका छन् । प्रतिपक्ष दलहरु सरकार ढलाउने रणनीतिमा लागेका छन् भने सरकार लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कार्य अस्वीकार्य भएको टिप्पणी गर्दै आएको छ ।
स्थानीय तह की सरकार ?
स्थानीय तह की सरकार ?  गाउँमै सिहदरबार भन्दै केन्द्रीकृत शक्ति प्रणलीलाई रुपान्तरण गर्ने उद्देश्यका साथ राज्यको नयाँ संरचनाको अभ्यास भएको करिव एक दशक अवधि पुरा हुन लागेको छ ।
तिहार र बजार भाउ
तिहार र बजार भाउ फूल, झिलिमिली बत्ति र मिठाइको पर्व मानिने तिहार हिन्दु नेपालीहरुको घर आगनमा आइसकेको छ । व्यापारीहरुले तिहारका लागि आवश्यक पर्ने सामान बजारमा सजाइसकेका छन् । तिहारको चहलपहलले बजार पनि तातिसकेको छ । तिहारमा घर सजाउने झिलिमिली बत्ति, खाद्यन्न, फलफूल, पोसिला ड्राइ फ्रुटदेखि र कृतिम तथा सक्कली फूलका मालासम्मका व्यापार निकै...
रवि प्रकरणमा उब्जिएका प्रश्नहरु
रवि प्रकरणमा उब्जिएका प्रश्नहरु सहकारी प्रकरणमा नाम जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामिछाने गत शुक्रबार पक्राउ परे । अहिले उनी अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा छन् । लामिछाने पक्राउ पर्नु अघि आमनागरिकमा थुप्रै प्रश्नहरु उब्जिएका थिए । उनी पक्राउ पर्ने वा नपर्ने, पक्राउ गर्ने वा नगर्ने जस्ता विषयमा आम नागरिकमा प्रश्न...
सरकारका सय दिन
सरकारका सय दिन वर्तमान सरकार बनेको सय दिन भएको छ । यो समयलाई ‘हनिमुन पिरियड’ पनि भनिन्छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २०८१ असार ३० गते प्रधानमन्त्री भएका थिए । यो पटक कांग्रेस–एमालेको गठबन्धनबाट ओेली प्रधानमन्त्री भएका हुन् । असार १७ गते भएको राजनीतिक स्थायित्व, संविधान संशोधन तथा अर्थतन्त्रलाई चलायमान बनाउनेलगायत...
स्वास्थ्य सेवामा सकारात्मक कदम
स्वास्थ्य सेवामा सकारात्मक कदम सबै भन्दा महत्वपूर्ण क्षेत्र भनेकै स्वास्थ्य हो । तर विगतमा यही स्वास्थ्य क्षेत्र सरकारको नजरमा सधै उपेक्षामा पर्दै आयो । सत्तामा पुग्ने राजनीतिक दलहरुको पनि सकभर स्वास्थ्य मन्त्रालय छनौटमा पर्न सकेन । बरु जहाँ धेरै बजेट चलाउन पाइन्छ, ति मन्त्रालहरु उनीहरुको रोजाई बन्न पुग्यो ।
अध्यादेशको चर्चा
अध्यादेशको चर्चा केही दिन यतादेखि सरकारले राजनीतिक दल विभाजन गराउन अध्यादेश ल्याउन लागेको चर्चा चर्कै रुपमा चलिरहेको छ । गृहकार्यस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सत्ता घटक काँग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूसँग व्यापक रुपमा छलफल अघि बढाएपछि अध्यादेशको चर्चा चलेको हो । एमालेबाट विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा तीन वर्षअघि गठन भएको...
भ्रष्टाचारको जालो तोडौं
भ्रष्टाचारको जालो तोडौं मुलुक भ्रष्टाचारले आक्रान्त बनेको छ । स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म नै भ्रष्टाचारको जालो फैलिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रपछि तीन तहका सरकार निर्माण भए । ति सरकारले सुशासन, विकास र समृद्धि ल्याउने आशा आम नागरिकमा थियो तर त्यसो हुन सकेन् ।
गलत बाटोमा रास्वपा  
गलत बाटोमा रास्वपा   सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा पार्टीका नेता एवं कार्यकर्ता सडक संघर्षमा उत्रिएका छन् । सहकारी ठगी, संगठित अपराध एवं किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै उनीहरु पोखरासहित देशका विभिन्न शहरमा प्रदर्शनमा उत्रिएका छन् ।
दोषी नउम्कियोस्, निर्दोष नफसोस्
दोषी नउम्कियोस्, निर्दोष नफसोस् देशभर सहकारी ठगी प्रकरणको विषयले व्यापकता पाएको छ । सर्वसाधारण नागरिकले सहकारीमा बचत गरेको अरबौं रकम अपचलन भएपछि यो विषयले व्यापकता पाउँदै गएको हो । उक्त विषयमा छानविन गर्न संसदीय समिति बन्यो । समितिले छानविन गरेर प्रतिवेदन तयार मात्रै होइन कारवाहीको सिफारिशसमेत गरेको छ ।
घट्दो व्याजदरले समस्या नआओस्
घट्दो व्याजदरले समस्या नआओस् बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त हुँदा केही महिनादेखि वाणिज्य बैंकहरूले ब्याजदर घटाउँदै लगेका छन् । उनीहरुले हरेक महिना सार्वजनिक गर्ने व्याजदरमा निक्षेपको ब्याजदर घटाउँदै गएको पाइन्छ । बैंकको ब्याजदर घट्दै गए पनि पर्याप्त लगानी हुन भने सकिरहेको छैन् । कार्तिक महिनाका लागि पनि बैंकहरूले ब्याजदर घटाएका छन् । लामो...
डेंगी बढ्दो छ, सतर्क रहौं
डेंगी बढ्दो छ, सतर्क रहौं देशभर डेंगी संक्रमण तीव्र रुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगी संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगी संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेंगी संक्रमण मुलुकका ७६ जिल्लासम्म फैली सकेको छ ।
Weather Update