दुर्गम गाउँ जलजलामा केन्द्रीय प्रसारण लाइन पुग्यो
सोमबार, माघ १९, २०७७
गुल्मीमा मन्त्री ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र दिदै वितरणको सुरुवात
आइतबार, माघ ११, २०७७
नेपाल सरकाकरका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र दिदै गुल्मीमा वितरण कार्यको सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालयले ज्ञवालीलाई परिचय पत्र प्रदान गर्दै वितरण कार्यको सुरुवात गरेको हो । मन्त्री ज्ञवालीले गतवर्षको साउन ३२ गते जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच विवरण दर्ता गराएका थिए ।
पाल्पामा विप्लवले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य
शनिबार, माघ १०, २०७७
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव पाल्पामा सामान्य देखिएको छ । अरु दिनको तलुनामा लामो तथा छोटो दूरीका गाडी कम चलेका छन् । बन्दका कारण जिल्लाबाट बाहिरिने तथा भित्रिने ठूला गाडीहरु भने चलेका छैनन् । तानसेनमा साना गाडी तथा मोटरसाईकलहरु भने...
स्थानीय पाठ्यपुस्तक पढ्दै माथागढीका विद्यार्थी
बिहीबार, माघ ८, २०७७
जिल्लाको माथागढी गाउँपालिकाका विद्यार्थीहरुले अहिले स्थानीय पाठ्क्रममा आधारित पाठ्यपुस्तक बढ्दै आएका छन् । गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेसँगै त्यहाँका विद्यार्थीहरुको हात–हातमा पुस्तक पुगेको छ ।
गुल्मी सेवा समाज कतारद्वारा अक्षयकोषका लागि सहयोग
बिहीबार, माघ ८, २०७७
गुल्मी सेवा समाज कतारले अक्षयकोषका लागि आर्थिक सहयोग गरेको छ । समाजले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुको लागि स्थापना गर्न लागेको अक्षयकोषका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।
पाल्पाको रामपुरमा माटोको ढिस्कोले च्याप्दा एक घाईते
बुधबार, माघ ७, २०७७
जिल्लाको रामपुरमा माटोको ढिस्कोले च्याप्दा एक व्यक्ति घाइते भएका छन् । रामपुर नगरपालिका १ स्याउलिबजार स्थित कालिगण्डकी करिडोरको बाटो खन्ने क्रममा सल्यान बाघचौर नगरपालिका १ का ४७ वर्षीय भोग बहादुर बस्नेत घाइते भएका हुन् ।
पाल्पाको पूर्वखोलामा आफैले चलाएको बन्दुकले लागेर एक युवकको मृत्यु
बुधबार, माघ ७, २०७७
आफैले चलाएको भरुवा बन्दुकले लागेर पाल्पामा एक युवकको ज्यान गएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको मृत्यु भएको हो ।
कोरोना संक्रमणको प्रवाह नै नगरी नागरिकता बनाउनेको भिड
मंगलबार, माघ ६, २०७७
कपिलवस्तुको चन्द्रौटा स्थित ईलाका प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको भिड बढेको छ । कोरोना भाईरसका कारण केही महिना बन्द रहेको सेवा पुनः सुचारु भएसंगै नागरिकता बनाउनेको भिड बढेको हो ।
गुल्मी कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो
सोमबार, माघ ५, २०७७
गुल्मीको सदरमुकाम तम्घासस्थित कोरोना परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीले तीन महिनादेखि पारिश्रमिक नपाएको बताएका छन् । स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् ।
पाल्पामा बाँदरबाट सुन्तला जोगाउनै धौं
सोमबार, माघ ५, २०७७
बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् ।
ग्राहक कुर्दै व्यापारी
सोमबार, माघ ५, २०७७
तानसेनको शित्तलपाटीस्थित सडक पेटीमा ग्राहक कुर्दै व्यापारी ।


