पाल्पा,जिल्लाको निस्दी गाउँपालिका ७ ज्यामिरेको आर्थिक वर्ष २०७६/०७७ सालको सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालयले एक औपचारिक कार्यक्रमका बिच सार्वजनिक सुनुवाइ गरेको हो । कार्यक्रममा वडा कार्यालयका कर्मचारी नारायण तिमिल्सीनाले आर्थिक बर्ष २०७७/०७८ को प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले चालु आर्थिक वर्षामा ज्यामिरेमा गाउँपालिकाबाट ३० वटा योजना विनियोजित भएकोमा २० वटा योजनाको काम सकिएको बताए । बाँकी योजनाको काम भैरहेको तिमिल्सीनाले जानकारी दिए । ज्यामिरेमा खर रहित छानामुक्त गर्नका लागि कर्कट पाता विवरण गरिएको उनले बताए ।
कार्यक्रममा सहभागीले कृषि, शिक्षा, विद्युत् मोटर बाटो, खानेपानी, स्वास्थ्य लगायतका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि प्रितम आलेले वडाका हरेक योजना तथा कार्यक्रमहरु पारदर्शी हुनुपर्ने बताए । कार्यक्रममा सहभागीले राखेका जिज्ञासाको जवाफ दिदै वडा अध्यक्ष गगन सिं सोती, वडा सचिव नारायण तिमिल्सीना, कृषि शाखाका मिलन बराल लगायतले वडाबाट सञ्चालन गरिएका हरेक कार्यक्रम तथा योजनाहरु जनमैत्री बनाउने प्रयास गरिएको बताएका छन् । निस्दी गाउँपालिकाले सात वटै वडामा सार्वजनिक कार्यक्रम गरेको छ । वडा अध्यक्ष गगन सिं सोतीको अध्यक्षता, वडा सचिव नारायण तिमिल्सीनाको स्वागत, पत्रकार हिमश सारुको सञ्चालनमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको थियो । 
–प्रशिक्षार्थी पत्रकार कमला अर्घाली


                                        
                                        
                                        
                                        
                    
                    
                    