पाल्पामा यसरी मनाइयो २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
सोमबार, पुस २७, २०७७
पाल्पा लगायत देशभर २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार पाल्पा लगायतका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।
अनेरास्ववियु गुल्मीको संयोजकमा छन्तेल
शुक्रबार, पुस २४, २०७७
नेकपाको विद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (ओली समुह) गुल्मीको संयोजकमा बिमल छन्तेल चयन भएका छन् । युनियनको तम्घासमा भएको जिल्ला भेला छन्तेललाई जिल्ला संयोजकमा चयन गरेको हो ।
भूकम्पको पाँच वर्ष, गुल्मीका एक सय २४ विद्यालय पुनर्निर्माण
बिहीबार, पुस २३, २०७७
पाँच वर्षअघि (वैशाख ०७२) गएको भूकम्पले जिल्लामा भत्केका ३ सय १२ मध्ये १ सय २४ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । यस्तै, ६२ वटा विद्यालय निर्माणाधीन अवस्थामा छन् भने एक सय २६ विद्यालय निर्माणका लागि छनोट मात्रै भएका छन् ।
विदेशबाट फर्केर सामूहिक तरकारी खेती
बुधबार, पुस २२, २०७७
विश्व महामारीका रुपमा फैलिएको कोरोनाले धेरैको भविष्य अन्योल बनाए पनि गुल्मीका युवाले भने नयाँ सोचसहित सामूहिक तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगारसमेत गुमेको बेला यहाँको रेसुङ्गा नगरपालिकाका युवा विदेशबाट फर्केर सामूहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् ।
तानसेनमा संस्थागत विद्यालयको अनुगमन, समितिले बुझायो प्रतिवेदन
बुधबार, पुस २२, २०७७
तानसेनमा संस्थागत विद्यालयको अनुगमन गरिएको छ । तानसेन नगर सरकारको कार्यापालिकाको बैठकले अनुगमन समिति नै बनाएर तानसेनका २१ वटा संस्थागत विद्यालयमा अनुगमन गरेको हो ।
गुल्मीमा चार स्थानीय तहका आफ्नै प्रहरी
मंगलबार, पुस २१, २०७७
गुल्मीका स्थानीय तहले सुरक्षाका लागि आफ्नै मातहतमा रहने गरी नगरप्रहरी भर्ना गर्न थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये चार स्थानीय तहले प्रहरी भर्ना गरिसकेका छन् भने केही स्थानीय तह भर्ना गर्ने प्रक्रियामा छन् ।
बूढा बाबुआमाको सहारा बन्न लागेका पेमी रोगसँग लड्दै
सोमबार, पुस २०, २०७७
बुढेसकालमा सहारा विहीन भएका बुबा–आमालाई हेर्ने दायित्व जो कोही सन्तानको हुन्छ । त्यस्तै दायित्व बोकेका थिए गुल्मीका एक युवकले । एक वर्षअघि बुढा भएका बुबा आमाको हेरचाह गर्ने सपना बुनेका रेसुा नगरपालिका–१४ टेकुवाका २२ वर्षीय मेखबहादुर पेमी अहिले आफै असक्त अवस्थामा छन् ।
गुल्मीमा ड्रयागन र प्यासन फलको व्यवसायिक खेतीको शुरुवात
आइतबार, पुस १९, २०७७
जिल्लामा ड्रयागन र प्यासन फलको व्यवसायिक खेतीको सुरुवात भएको छ । मुसिकोट नगरपालिका १ भर्माचौरमा व्यवसायिक रुपमा ड्रयागन र प्यासन फलको सुरुवात भएको हो ।
गुल्मी काँग्रेसले पनि मनायो ४५ औं मेलमिलाप दिवस
बिहीबार, पुस १६, २०७७
गुल्मी जिल्लामा पनि नेपाली काँग्रेसले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । गुल्मी काँग्रेसले सदरमुकाम तम्घासस्थित पार्टी कार्यालय बीपी स्मृति भवनमा एक औपचारिक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो ।
मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ
बिहीबार, पुस १६, २०७७
मोटरसाइकल चोरीमा संलग्न पाँच जना काठमाडामैंबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको हो ।
गुल्मीमा उत्पादित वस्तुहरुको गुणस्तर र लेभलिङ गर्न अन्तरक्रिया
मंगलबार, पुस १४, २०७७
गुल्मीमा उत्पादित वस्तुहरुको लेभलिङ गर्ने उद्देश्यले उद्योगहरु, व्यवसायीहरु र सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा विभिन्न खाद्यवस्तु उत्पादक उद्योगहरुसँग अभिमूखिकरण कार्यक्रम गरेको हो ।
तानसेनमा चोरी गर्ने व्यक्ति पक्राउ
आइतबार, पुस १२, २०७७
तानसेनमा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । शुक्रबार तानसेन नगरपलिका १ का टेक बहादुर गाहाको घरबाट नगद चोरी गर्ने एक व्यक्त पक्राउ परेका हुन् ।


