आज देशभर वर्षा हुने
मंगलबार, साउन २२, २०८१

पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु
मंगलबार, साउन २२, २०८१
उँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

पाल्पासहित देशभरका शिवालयमा घुइँचो
मंगलबार, साउन २२, २०८१
साउनको तेस्रो सोमबार पाल्पासहित देशभरका शिवालयमा पूजाआजा गर्ने भक्तजनहरुको अत्याधिक घुइँचो लागेको छ । सोमबार बिहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो देखिन्थ्यो । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् ।

बङ्गलादेश : प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएको सेना प्रमुख जमानद्वारा जानकारी
सोमबार, साउन २१, २०८१
बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराएका छन् ।

सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण
सोमबार, साउन २१, २०८१
उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ । यहाँको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो ।

भोलिदेखि मनसुन पुन : सक्रिय हुँदै
सोमबार, साउन २१, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प
आइतबार, साउन २०, २०८१
ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

टिपरको ठक्करबाट मृत्यु : आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध
आइतबार, साउन २०, २०८१
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्युु भएको छ ।

वालिङमा बसाइँसरी आउनेको तुलनामा जाने तेब्बर
आइतबार, साउन २०, २०८१
पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार यहाँको वालिङमा बसाइँ सरी आउनेको तुलनामा जाने तेब्बर देखिएका छन् । व्यक्तिगत घटना दर्ता प्रतिवदेनअनुसार वालिङमा पछिल्ला दुई आवमा एकहजार चार सय १७ जना बसाइँ सरेर गएका छन् भने चार सय ८१ जना बसाइँ सरी आएका छन् ।

ताराले जन्मदिनमा आश्रममा पुगेर गराइन् असहायलाई भोजन
आइतबार, साउन २०, २०८१
पछिल्लो समय नेपाली समाजमा जन्मदिन मनाउने नाममा जथाभावी फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएका बेला पाल्पामा भने एक युवतीले जन्मदिनमा असहायलाई भोजन गराएकी छन् । गुल्मीको मुसिकोट नगरपालिका– ३ धरम्पानीका शिवबहादुर कार्की र कमला कार्कीको सुपुत्री हाल कुमारी बैंक पाल्पा शाखामा कार्यरत तारा कार्कीले आफ्नो २८...

सञ्चारिका समूह पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा डोटेल
शनिबार, साउन १९, २०८१
महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समूह नेपाल पाल्पामा नयाँ नेतृत्व चयन भएको छ ।

लुम्बिनीका मन्त्रीहरुको जिम्मेवारी तोकियो, कुन मन्त्रीले के पाए ?
शुक्रबार, साउन १८, २०८१
लुम्बिनी प्रदेशका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ । विना विभागीय मन्त्रीका रूपमा रहेका आठ मन्त्रीहरुको शपथ लिएको ९ दिनपछि शुक्रबार विभागीय जिम्मेवारी तोकिएको हो ।

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण
शुक्रबार, साउन १८, २०८१
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।