अरिगांलले टोकेर गुल्मीमा एकको मृत्यु
शुक्रबार, साउन १८, २०८१

रामपुर नगरपालिकामा ८७ उजुरी दर्ता भएकोमा ५५ को मेलमिलाप
शुक्रबार, साउन १८, २०८१
जिल्लाको रामपुर नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएकोमा ५५ उजुरीको मेलमिलाप गरिएको छ । नगरपालिकाको न्यायिक समितिले पालिकामा दर्ता हुन आएका उजुरी मध्ये ५५ उजुरी मेलमिलाप गर्न सफल भएको हो ।

प्रदेश प्रमुखले लिए शपथ
बिहीबार, साउन १७, २०८१
तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शितल निवासमा प्रदेश प्रमुखहरूले शपथ लिएका हुन् ।

पूर्ण स्तनपान गराउँदैनन् धेरै आमा !
बिहीबार, साउन १७, २०८१
स्तनपान गराएमा शरीरको बनोट बिग्रिन्छ भन्ने भ्रमले कतिपय आमाले बच्चालाई स्तनपान गराउँदैनन् । विशेषतः पछिल्लो पुस्ताका पहिलो सन्तान जन्माउने आमाहरु शरीर बिग्रने डरले पूर्ण स्तनपान गराउने मामिलामा उदासीन देखिन्छन् ।
-1722430121.jpeg)
आम्दा अस्पताललाई मेडिकल कलेज बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय सभामा लैजादै
बुधबार, साउन १६, २०८१
बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय सभामा लैजाने तयारी भएको छ । आम्दालाई मेडिकल कलेज बनाउनका लागि इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तर्राष्ट्रिय सभामा प्रस्ताव लगिने भएको हो ।

लुम्बिनीमा प्रदेश प्रमुख फेरिएको फेरियै
बुधबार, साउन १६, २०८१
राजनीतिक भागबण्डामा नियुक्त गर्ने र सत्तासमीकरणमा तलमाथि हुने बित्तिकै पहिलो प्रहार प्रदेश प्रमुखमाथि हुने गरेको छ । केन्द्र सरकारको मनलाग्दीले प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीको खेलले प्रदेश प्रमुख पदकै गरिमा, महत्व र ओजन घट्दै गएको छ ।

गुल्मीमा गँड्यौली मलको व्यावसायिक उत्पादन सुरु
बुधबार, साउन १६, २०८१
जिल्लामा व्यावसायिक रुपमा गँड्यौली मलको उत्पादन सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लाको इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्राङ्गारिक खेतीका लागि उक्त मलको उत्पादन सुरु गरिएको हो ।

तानसेनमा सुनका गहना ठगी गर्ने चार जना पक्राउ
मंगलबार, साउन १५, २०८१
सर्वसाधारणलाई ललाईफकाई गरी विभिन्न प्रलोभनमा पारी सुनका गहना ठग्दै हिँड्ने चार जना पक्राउ परेका छन् । तानसेनका विभिन्न स्थानमा पुगेर नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

ट्रकको ठक्करबाट एकको मृत्यु
मंगलबार, साउन १५, २०८१
दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक व्यक्तिको मृत्युु भएको छ । मंगलबार पश्चिमबाट पूर्वतर्फ गइहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही– भालुवाङ सडक खण्डको भालुवाङमा ठक्कर दिँदा एक जना व्यवसायीको मृत्युु भएको हो ।

खिर खाएर मनाइयो साउने पन्ध्र
मंगलबार, साउन १५, २०८१
यस वर्षको साउन पन्ध्र पाल्पासहित देशैभर घर–घरमा खिर खाएर मनाइएको छ । नेपाली समाजमा परापूर्वकालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन पन्ध्र मंगलबार घर–घरमा खिर खाएर मनाइएको हो ।

प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित
मंगलबार, साउन १५, २०८१
प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैंठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी गराएका हुन् ।

खिर खाएर साउन पन्ध्र मनाइँदै
मंगलबार, साउन १५, २०८१
आज साउने पन्ध्र पर्व मनाइँदै छ । साउन १५ मा रोपाइँ सकेर खिर खाने चलन छ । किसानहरुले साउन १५ लाई विशेष खिर खाने दिनका रुपमा मनाउने गरेका छन् । पहिले ग्रामीण क्षेत्रमा बढी मनाइने खिर खाने चलन पछिल्लो समय सहरी क्षेत्रमा पनि मनाउने प्रचलन बढ्दो छ ।

आज मानव बेचबिखनविरुद्धको दिवस, अझै रोकिएन मानव बेचबिखन
मंगलबार, साउन १५, २०८१
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न यो दिवस मनाउने गरिएको हो ।