Shittalpati
मोहन  कन्यामा भूपू  विद्यार्थीहरुको  समिति  गठन

पाल्पा, तानसेनस्थित मोहन कन्या माविमा  भूपू विद्यार्थीहरूको  समिति गठन भएको छ । सोमबार बसेको भूपू विद्यार्थीहरूको  भेलाले समिति गठन गरेको हो ।

  जसको अध्यक्षमा सौन्दर्यवती शाक्य,  उपाध्यक्षमा सामना गुभाजु, सचिवमा बबिता गैरे  चयन भएका छन् । यस्तै सदस्यहरूमा सरिता बज्राचार्य ,सुष्मा श्रेष्ठ, विनिता घलान, माया गैरे, मनिषा शाही, मिना लामिछाने अनिषा शाही र मोहिनी देवी बज्राचार्यलाई रहेको शिक्षक मन गहिरेले जानकारी दिइन् ।

विद्यालयका प्रधानाध्यापक दीपक ज्ञवालीले हिरक महोत्सवलाई भव्य र सभ्य बनाउन भूपु विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहने बताए । कार्यक्रममा  पुर्ब प्रअङ्ग चोल प्रसाद  ज्ञावलीले  हिरक जयन्तिको लागि  स्मारिका  प्रकाशन गर्ने  उद्देश्यले लेखहरु संकलन भइ रहेको  र स्मारिकाको काम  तिब्र रुपमा अघि बढेको  बताए ।  विद्यालय ब्यवस्थापन  समितिका सदस्य रमेश खनाल, मुक्तिराम तिमिल्सिना, शिक्षक अभिभावक संघका अध्यक्ष  बसुन्धरा पाण्डे लगायतले आर्थिक  रकम संकलन  गर्ने, विभिन्न  कार्यक्रमहरु गर्दै जाने बताए । कार्यक्रम विद्यालय ब्यवस्थापन  समितिका अध्यक्ष विधान श्रेष्ठको अध्यक्षता, सहायक प्रअ  रिना श्रेष्ठको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update