आज भू–संरक्षण दिवस मनाइँदैं
बिहीबार, साउन २४, २०८१

गुल्मीमा पहिरोले सडक अवरुद्ध, गाडी सडकमै फस्यो
बुधबार, साउन २३, २०८१
अविरल बर्षाका कारण गएको पहिरोले गुल्मीमा सडड अवरुद्ध हुनुुको साथै गाडी सडकै फस्न पुुगेको छ । गुल्मी दरवार गाउँपालिका –३ को रुन्खास्थित ठूलो घुुम्तीमा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भई तम्घासदेखि काठमाडौंका लागि छुटेको कामना यातायातको रात्री बस सडकमै फसेको हो ।

बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता
बुधबार, साउन २३, २०८१
बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय आरुष थापाको आज दिउँसो शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

हेलिकप्टर दुर्घटनामा मृत्यु हुने पाँचमध्ये चारजना चिनियाँ नागरिक
बुधबार, साउन २३, २०८१
एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो ।

पहिरोमा ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कार
बुधबार, साउन २३, २०८१
गुल्मीमा पहिरोले पुरिएर मृत्यु भएकाहरुको सामूहिक दाहसंस्कार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका‐१ बिसौनामा मङ्गलबार बिहान पहिरोमा परि मृत्यु भएका दुई घरपरिवारका चार जनाको आज स्थानीय बढीगाढ खोलामा सामूहिक दाहसंस्कर गरिएको हो ।

नुवाकोटमा हेलिकप्टर दुर्घटना
बुधबार, साउन २३, २०८१
नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो शिवपुरी–७ सूर्यचौर डाँडामा दुर्घटनामा परेको हो ।

नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट : पाँच जनाको मृत्यु
बुधबार, साउन २३, २०८१
नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
बुधबार, साउन २३, २०८१
गेझा स्वास्थ्यचौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । रामपुर नगरपालिका–१० स्थित स्वास्थ्यचौकीमा आउने गर्भवतीले सो सेवा पाउनेछन् ।

आज पनि देशभर वर्षा हुने पूर्वानुमान
बुधबार, साउन २३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ ।

भगवती जात्रा भाद्र ११ मा , राष्ट्रपति पौड्याल आउँदै
मंगलबार, साउन २२, २०८१
यस वर्ष पाल्पाको ऐतिहासिक भगवती जात्रा आगामी भदौ ११ गते निकालिने भएको छ । विरताको गाथा बोकेको तानसेनको श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरको २ सय ५ औं भगवती रथयात्रा निकाल्ने तयारी भएको हो ।

आर्थिक अवस्था कमजोर भएका छात्राहरुको लागि अनुजा शाही स्मृति कोष स्थापना
मंगलबार, साउन २२, २०८१
सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुको पठन पाठनमा सहयोग गर्ने उद्देश्यले अनुजा शाही स्मृति कोष स्थापना गरिएको छ ।

गुल्मीको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
मंगलबार, साउन २२, २०८१
जिल्लाको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । मंगलबार विहानैदेखि परेको अविरल वर्षाका कारण गएको पहिरो घर पुरिदा मुसिकोट नगरपालिका वडा– १ बिसौनामा चार जनाकाखे मृत्यु भएको हो ।

डेङ्गीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि
मंगलबार, साउन २२, २०८१
देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी०ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो ।