जहाँ नेवार समुदाय त्यहाँ भिन्द्यो
सोमबार, फागुन २, २०७८
सबैमा ‘प्रेम दिवस’को शुभकामना
सोमबार, फागुन २, २०७८
अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्षको फेब्ररी १४ तारिखका दिन ‘भ्यालेन्टाइन डे’ अर्थात ‘प्रेम दिवस’ मनाउने गरिन्छ । जसलाई नेपालीमा ‘प्रणय दिवस’ पनि भन्ने गरिन्छ । आज पनि एक आपसमा साटासाट गरेर प्रेम दिवस मनाउन लागिएको छ । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । प्रेमका लागि प्राण उत्सर्ग...
पाल्पामा आइतबार थप ३८ जना कोरोना संक्रमणमुक्त
आइतबार, फागुन १, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ३८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १४ जना महिला र २४ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
मंगलबार लुम्बिनी प्रदेशमा सार्वजनिक विदा
आइतबार, फागुन १, २०७८
लुम्बिनी प्रदेश सरकाले मंगलबार अर्थात् फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने भएको हो ।
प्रेस चौतारी पाल्पाको अध्यक्षमा कार्की
आइतबार, फागुन १, २०७८
प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्षमा पत्रकार कृष्ण कार्की निर्वाचित भएका छन् । चौतारीको तानसेनमा भएको ८ औं जिल्ला अधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् ।
बेथल बोर्डिङ्गको रजत जयन्ती स्मारक अनावरण
आइतबार, फागुन १, २०७८
तानसेनमा रहेको बेथल सेकेण्डरी बोर्डिङ्ग स्कुलले रजत जयन्ती स्मारक अनावरण गरेको छ । स्कूलले आफ्नो रजत महोत्सवको अवसर पारेर रजत स्मारक अनावरण गरेको हो । उक्त स्मारकको लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अनावरण गरेका छन् ।
पाल्पामा मत्थर हुँदै कोरोना
आइतबार, फागुन १, २०७८
जिल्लामा कोराना महामारीको संक्रमण मत्थर हुँदै गएको छ । पछिल्लो दुई सातायता संक्रमण निरन्तर घटिरहेको छ भने सक्रिय संक्रमितको संख्यामा समेत उल्लेख्य कमी आएको छ । शनिबार पीसीआर र एन्टिजेनबाट १७ जनाको नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ, भने २९ जना संक्रमणमुक्त भएका छन् । तेस्रो लहर...
गुल्मीमा दलित सुकुम्बासीलाई लालपुर्जा
आइतबार, फागुन १, २०७८
गुल्मीको मालिका गाउँपालिका–७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन् । उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए । सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुली लगायतका सुविधाबाट वञ्चित थिए ।
आजदेखि पाल्पाका विद्यालय खुले
आइतबार, फागुन १, २०७८
जिल्लाका विद्यालयहरु आजदेखि खुलेका छन् । कोरोना नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले शुक्रबार ९ बुँदे आदेश जारी गर्दै शैक्षिक संस्था तथा विद्यालयहरु खोल्न सक्ने बताएसँगै आजदेखि खुलेका हुन् ।
विश्व रेडियो दिवस र यसको भूमिका
आइतबार, फागुन १, २०७८
हरेक अँग्रेजी वर्षको फेब्रुअरी १३ तारिखलाई विश्व रेडियो दिवसका रुपमा मनाउने गरिन्छ । आज पनि विश्व रेडियो दिवस मनाइदै छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा मनाउने निर्णय गरेअनुसार नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो ।
पाल्पाको माथागढीमा नाच गान गर्ने क्रममा लडेर एक पुरुषको मृत्यु
शनिबार, माघ २९, २०७८
जिल्लाको माथागढी गाउँपालिका ७ धनुवाटोलमा विहेको भोज खाई नाच गान गर्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ । माथागढी –७ मौलाथरका ४० वर्षीय टलराज नेपालीको विहेको भोज खाई नाच्ने क्रममा शनिबार मृत्यु भएको हो ।


