लुम्बिनीका गाडीलाई हरियो प्लेटमा परिवर्तन गर्न परमादेश
बिहीबार, चैत १४, २०८१

कुलमानको बर्खास्त : आन्दोलनलाई बल
बिहीबार, चैत १४, २०८१
सत्ताको रापमा कुलमान घिसिङलाई फाली हाले ओली कमरेडले । पटक–पटक तड्पाएर अन्ततःविद्युत् प्राधिकरणको प्रमुखबाट घिसिङलाई हटाइएको छ । कुलमानको पदावधि करिब ५ महिना थियो ।

सरकारमा बस्नेहरु गम्भीर बन
बिहीबार, चैत १४, २०८१
मुलुकमा देशका दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार गठन भएको छ । शक्तिशाली दलहरु मिलेर बनेको सरकारबाट जनताले धेरै ठूलो अपेक्षा गरेका थिए ।

अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
बुधबार, चैत १३, २०८१
अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

तिनाउको डुम्रे खोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु
बुधबार, चैत १३, २०८१
माछा मार्ने क्रममा पाल्पाको तिनाउमा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका– ५ चर्चरका लालबहादुर रास्कोटीको १३ वर्षीय छोरा सुरेश रास्कोटी डुम्रे खोलामा माछा मार्ने क्रममा बुधबार दिउँसो ढुङ्गाले च्यापिएर मृत्यु भएको हो ।

गुल्मीमा बाँदर धपाउन खोज्दा महिलाको करेन्ट लागेर मृत्यु
बुधबार, चैत १३, २०८१
गुल्मीमा बाँदर धपाउन खोज्दा महिलाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–७ पल्टारकी ६० वर्षीया चन्द्रकला कुमालको बाँदर धपाउनका लागि राखिएको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको हो ।

‘लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य’
बुधबार, चैत १३, २०८१
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य भएको बताएका छन् । उनले सरकारले लगानी अनुकूल वातावरण बनाउँदै जाने उल्लेख गर्दै लुम्बिनीमा लगानी गर्न निजी क्षेत्रका उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे ।

बगनासकालीमा रुखबाट लडेर एकको मृत्यु
बुधबार, चैत १३, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका –७ खानीगाउँमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही ठाउँका ४५ वर्षीय कमल प्रसाद भट्टराईको रुखबाट लडेर आज विहान मृत्यु भएको हो ।

गडगडीमा पुल निर्माणको माग
बुधबार, चैत १३, २०८१
स्थानीयवासीले यहाँको कोखेटार र तनहुँको मधुवन जोड्ने कालीगण्डकी नदीमा चाँडो पुल निर्माण गर्नुपर्ने माग गरेका छन् ।

उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय
बुधबार, चैत १३, २०८१
यहाँको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ ।

पूर्वखोलाका किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ
बुधबार, चैत १३, २०८१
महिलाहरु हरियो धानको विउँ काढ्न र रोप्नमा व्यवस्त देखिन्छन् भने पुरुषहरु खेत हिलाउन, आली गरा मिलाउनमै व्यस्त छन् । कतै किसानले हल गोरु लगाएर खेत जोतिरहेका छन् भने कतै गोरुको सट्टा ट्याक्टरको प्रयोग गरी हिलो फेटेका देखिन्छ ।

तानसेन नगर प्रज्ञा –प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका ३५ व्यक्ति सम्मानित
बुधबार, चैत १३, २०८१
तानसेन नगर प्रज्ञा – प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले नगरको भाषा, साहित्य, कला, संस्कृति, सम्पदा, परम्परा, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, रितिरिवाज, जात्रा, मेलापर्व समाजसेवा लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका ३५ जना ब्यक्तिहरुलाई एक कार्यक्रमकाबिच मंगलबार तानसेनमा सम्मान गरेको हो ।