‘पर्यटकीय विकासका लागि लुम्बिनी सर्किटको विकास’
शनिबार, पुस ६, २०८१
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
शनिबार, पुस ६, २०८१
केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो । वर्षौदेखि आजित बनेका उनले अचेल भने त्यसबाट मुक्ति पाएका छन् । पानीको निकासका लागि नालिसहितको सडक बनेपछि समस्या समाधान भएको हो । अब चाँडै सडक कालोपत्र भएमा धुवाधुलोबाट समेत मुक्ति मिल्ने उनको अपेक्षा छ ।
बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’
शनिबार, पुस ६, २०८१
गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेको छ । बागलुङमामा ९५ प्रतिशत नागरिकसम्म आधारभूत खानेपानीको पहुँच पुगेको छ । एउटा धाराबाट करिब दश परिवारले पानी उपभोग गर्नुपरे पनि कुवा र पोखरीको पानी पिउनु परेको...
‘कारागार सुरक्षा प्रणालीलाई चुस्त राख्न आवश्यक’
शनिबार, पुस ६, २०८१
लुम्बिनी प्रदेशका कारागारको सुरक्षा प्रणालीलाई चुस्त राख्दै पूर्वाधार सुधारमा जोड दिइएको छ । प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशमा रहेका कारागार तथा प्रहरी हिरासत कक्षको अनुगमनका क्रममा कारागारको सुरक्षालगायत क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले कारागारको पूर्वाधार सुधार गर्नुपर्ने देखिएको मुख्य न्यायाधिवक्ता यमलाल खनाल बताए ।
कृषिमा व्यवसायीकरण आवश्यक
शनिबार, पुस ६, २०८१
कृषिमा व्यवसायीकरण आजको आवश्यकता हो । नेपालको कृषि प्रणाली अझै पनि जीविकोपार्जनमुखी छ । विगतमा भन्दा अहिले केही हदसम्म क्रमिक रूपमा व्यवसायीकरणतर्फ भने रूपान्तरण हुँदै गएको छ । यसलाई राम्रै मान्नुपर्छ । तथापि उत्पादित कृषि बालीवस्तुहरूलाई अझ व्यावसायिक एवं प्रतिस्पर्धी बनाउनु तत्कालीन आवश्यकता भइसकेको छ ।
पाल्पामा विस्फोट हुँदा एक जनाको मृत्यु
शुक्रबार, पुस ५, २०८१
जिल्लामा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –२ बुढाचटकमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो ।
पाल्पा सिविआरका बालबालिकालाई खाद्यान्न सहयोग
शुक्रबार, पुस ५, २०८१
पाल्पा, लायन्स क्लव अफ पाल्पा प्राइडले पाल्पा सिविआरमा रहेका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
नेपाली सेनाद्वारा ‘प्रेसर यकुकर बम’ निष्क्रिय
शुक्रबार, पुस ५, २०८१
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।
प्रभु बैंक पाल्पा शाखाद्वारा ‘वाटर डिस्पेन्सर’ सहयोग
शुक्रबार, पुस ५, २०८१
प्रभु बैंक लिमिटेड पाल्पा शाखाले तानसेनको एक विद्यालयलाई ‘वाटर डिस्पेन्सर’ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तानसेनस्थित जनता नमूना माध्यामिक विद्यालयलाई दुई थान पानी चिसो, तातो सफा गर्ने उपकरण बाटर डिस्पेन्सर निःशुल्क सहयोग गरेको हो ।
महायज्ञबाट दुई करोड बढी सङ्कलन
शुक्रबार, पुस ५, २०८१
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट रु दुई करोडभन्दा बढी रकम सड्ढलन गरेको छ ।
अर्थतन्त्र उकास्नतर्फ ध्यान देऊ
शुक्रबार, पुस ५, २०८१
नेपालको अर्थतन्त्रमा अझै पनि सुधार आउन सकेको छैन् । कोभिड पछि थला परेको अर्थतन्त्रलाई माथि उकास्ने सवालमा कुनै पनि सरकार गम्भीर बन्न सकेका छैनन् ।
पाँच वर्षदेखि थन्किएका बस सञ्चालनमा
शुक्रबार, पुस ५, २०८१
लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको विहीबारदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको छ । यसअघि कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेका सवारीसाधनमध्ये दुई वटा बस सञ्चालनमा ल्याइएको हो ।


