यामाहा टोली भारत प्रस्थान
शनिबार, असोज ६, २०८०
अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित
शनिबार, असोज ६, २०८०
बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर परिवार विस्थापित भएको छ ।
संविधान घोषणाको आठ वर्ष
शनिबार, असोज ६, २०८०
संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आठ वर्ष पूरा भएको छ । ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।
बढ्दो आपराधिक घटना रोक
शनिबार, असोज ६, २०८०
नेपालमा आपराधिक घटनाहरु बढ्दै गएका छन् । सरकारले आपराधिक घटना रोकथाम गर्ने प्रतिबद्धता जनाइरहँदा पछिल्ला वर्षहरूमा यस्ता घटना झन्झन् जटिल बन्दै गएका हुन् । जनचेतना अभाव, अशिक्षा, कुसंस्कारजन्य बेथिति, गरिबी, बेरोजगारी, आर्थिक लेनदेन, बदलाको भाव, रिसइबी, झै–झगडा लगायत कारणले हत्याहिंसा जस्ता जघन्य अपराध हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ ।
शिक्षकहरुको आन्दोलन फिर्ता
शुक्रबार, असोज ५, २०८०
असोज ३ गतेदेखि सडकमा उत्रिएका शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । शुक्रबार सरकार र आन्दोलन शिक्षकबीच सहमति भएपछि शनिबारदेखि आन्दोलन फिर्ता हुने भएको हो ।
पानामा रोग देखिएपछि केरा आयातमा कडाइ
शुक्रबार, असोज ५, २०८०
भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ । कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस चार (पानामा) देखिएसँगै नेपालभरिका नाकामा रहेका ‘प्लाण्ट क्वारेन्टाइन’ले उच्च सतर्कता अपनाएका हुन् ।
आठ वर्षदेखि सडक निर्माण अलपत्र
शुक्रबार, असोज ५, २०८०
गुल्मीको सदरमुकाम तम्घास नजिकैको तीन किलोमिटर सडक कालोपत्रे गर्ने काम गत आठ वर्षदेखि अलपत्र परेको छ । खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक अन्तर्गत तीन किलोमिटर सडक आठ वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो ।
शिक्षक आन्दोलन
शुक्रबार, असोज ५, २०८०
हरेक व्यक्ति र पेशाले आफ्ना मागहरु कार्यान्वयन गर्ने गराउने माध्यम आन्दोलन बन्दै गएका कारण आन्दोलन संस्कृतिको विकास हुनुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएका छन् । सरकारले नयाँ ऐन लागु गर्ने तयारी शुरु भएपछि आन्दोलनका कार्यक्रम शिक्षक महासंघले शुरु गर्ने निधो गरेसँगै सामुदायिक विद्यालयहरुको पठनपाठनमा समेत अहिले समस्या श्रृजना भएको छ ।
अन्तर्राष्ट्रिय शान्ति दिवसमा शान्तिको अपिलसहित प्रदर्शन
बिहीबार, असोज ४, २०८०
अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज रुपन्देहीमा शान्तिको अपिलसहित प्रदर्शन गरिएको छ ।
३२ थान मोबाइलसहित चार भारतीय पक्राउ
बिहीबार, असोज ४, २०८०
बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
लुगाको दुनियामा नौलो आयाम : बुटवलमा लुगा घर
बिहीबार, असोज ४, २०८०
बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा नेपाली लुगा घर सञ्चालनमा आएको हो ।
गुल्मीमा करिब चार सय किशोरी आमा
बिहीबार, असोज ४, २०८०
गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ ।