छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
मंगलबार, पुस ९, २०८१
होसियार, गहना सफा गर्ने मान्छे ठग हुन सक्छ
मंगलबार, पुस ९, २०८१
के तपाईं झोले व्यक्तिसँग सुनको बहुमूल्य गरगहना सफा गराउँदै त हुनुहुन्न ? के कसैले सुनका गहना सफा गरिदिन्छु भन्यो भनेर मख्ख पर्नुभएको त छैन् ? यदि हुनुहुन्छ भने बेलैमा होसियारी अपनाउनु होला । किनभने, त्यो मानिस सुन चोर पनि हुन सक्छ ।
काँग्रेसको सय दिने अभियान : पाल्पामा अभिमुखीकरण
मंगलबार, पुस ९, २०८१
नेपाली काँग्रेस पाल्पाले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई
मंगलबार, पुस ९, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकाले प्रथम चौमासिक सार्वजनिक सुनुवाई गरेको छ । पालिकाले सो अवधिमा सञ्चालन गरेका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।
कृषि अनुदान दिने मात्र होइन, नियमन पनि गर
मंगलबार, पुस ९, २०८१
सामान्य अर्थमा कृषि अनुदान भनेको सरकार वा अन्य निकायद्वारा किसानलाई प्रदान गरिने आर्थिक सहायता हो । यसको उद्देश्य कृषिमा उत्पादन बढाउने र किसानको जीवनस्तर सुधार गर्नु हो । किसानको उन्नति र विकासका लागि सरकारले वर्षेनी अर्बौँको बजेट छुट्याएको हुन्छ ।
पाल्पामा सुनका गहना ठगी गर्ने चार जना पक्राउ
सोमबार, पुस ८, २०८१
जिल्लामा सर्वसाधारणलाई ललाईफकाई गरी विभिन्न प्रलोभनमा पारी सुनका गहना ठग्दै हिँड्ने चार जना पक्राउ परेका छन् । यहाँको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङ्गढीमा नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
टरिगाउँ विमानस्थल विस्तारको प्रयास
सोमबार, पुस ८, २०८१
तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ । सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन् ।
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
सोमबार, पुस ८, २०८१
इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरुआत भए पनि जनशक्ति व्यवस्थापन नहुँदा सेवा दिन कार्यालयलाई समस्या परेको जनाइएको छ ।
सहकारीको विकास विना आर्थिक क्रान्ति सम्भव छैन : सांसद गैरे
सोमबार, पुस ८, २०८१
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले सहकारीको विकास विना देशमा आर्थिक क्रान्ति सम्भव नरहेको बताएका छन् । तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले नेपालको तीनखम्बे अर्थतन्त्रमध्ये सहकारी एउटा खम्बा भएकाले यसको विकास विना आर्थिक क्रान्ति हुन नसक्ने बताएका...
सूर्यदेवको विशेष पूजा आराधना गरियो
सोमबार, पुस ८, २०८१
पुस महिनाको पहिलो आइतबार भगवान् सूर्यको पूजा आराधना गरिएको छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ ।
भूकम्प : सचेतना आवश्यक
सोमबार, पुस ८, २०८१
२०७२ सालको महाभूकम्पपछि नेपालमा साना– ठूला पराकम्पहरु गइरहेका छन् । यी पराकम्पनबाट केही मानवीय क्षति हुन पुगेको छ भने केही ठाउँमा भौतिक क्षति भएका छन् । शनिबार मात्रै बाजुरमा ५ दशमलव २ रेक्टरको भूकम्प गयो । यसले नेपाल अझै पनि भूकम्पीय दृष्टिकोणले विश्वकै उच्च जोखिम क्षेत्रमा पर्छ भन्ने बुझाउन्छ ।...
लामिछानेको सांसद पद निलम्बन हुने
आइतबार, पुस ७, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा हिरासतमा रहेका पूर्वगृमन्त्री लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा मुद्दा दर्तामा अदालतमा मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बन हुने भएको हो ।


