
पाल्पा, बरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले पिता स्व. कमलराज रेग्मीको स्मृतिमा स्थापित ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ साहित्यिक पत्रकार मोहन दुवाललाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबिच सो पुरस्कार दुवाललाई प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रतिष्ठानले प्रदान गरेको ५१ हजार पुरस्कारसहित सम्मानपत्रले पत्रकार दुवाललाई सम्मान गरेका हुन् । सम्मान गर्दै रेग्मीले नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरेर प्रतिष्ठानले प्रशंसनिय कार्य गरेको बताए । उनले प्रतिष्ठानले गर्दै आएको कार्यक्रम र अभियानले राष्ट्रियस्तरमै पाल्पाको पहिचान बनाउन सफल भएको उल्लेख गरे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिव अधिकारीेले साहित्यले सामाजिकीकरणमा ठूलो प्रभाव पार्ने गरेको बताए । सम्मानित दुवाल शिक्षा, साहित्य, संस्कृति, लेखन, प्रकाशन, सम्पादन,समाजसेवा, पत्रकारिता र साहित्यको सेवामा छ दशकदेखि अनवरत सेवा गर्दै आएका छन् । दुवालको व्यक्तित्व, कृतित्व र योगदानमाथि साहित्यकार, समीक्षक डा. रामप्रसाद ज्ञवालीले चर्चा गरेका थिए । राजु सरकारद्वारा मोहन दुवालको वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा कमल राज रेग्मीको परिचय र योगदानमाथि शिक्षाविद ,समाजसेवी बुद्धिप्रसाद शर्माले प्रकाश पारेका थिए । कवयित्री सरस्वती अर्यालले कमलराज रेग्मीद्वारा लिखित कविता वाचन गरेकी थिइन् । सोही अवसरमा कमलराज रेग्मीको स्मृतिमा जनमत वाङमय प्रतिष्ठान काभ्रेका लागि अक्षयकोष/पुरस्कार स्थापनाका लागि ३ लाखको चेक जनमतका अध्यक्षलाई हस्तान्तरण गरिएको थियो । यस्तै साहित्यकार दुर्गा अधिकारी भमरेकोटेद्वारा ‘सुसेली सम्मान’ स्थापनाका लागि ५० हजार राशीको अक्षयकोष प्रतिष्ठानका अध्यक्षलाई पनि प्रदान गरिएको छ ।
प्रतिष्ठानले दुर्गा अधिकारी भमरकोटेलाई विशिष्ट सदस्यता, मोहन दुवाल ,भारती श्रेष्ठ ,शान्ता शाक्य ,निलम गोंगल,रेणुका श्रेष्ठ, ऋषिकेशव धौवडेल,कृष्ण बहादुर के.सी.र राजभाइ प्रधानलाई आजीवन सदस्यता प्रदान गरेको छ । कार्यक्रममा सुसेली प्रवर्तक दुर्गा अधिकारी भमरकोटे ,तानसेन गुठीका अध्यक्ष प्रमी श्रेष्ठ , पुरस्कृत व्यक्तित्व मोहन दुवाल, प्रतिष्ठानका संरक्षक डा. प्रकाशराज रेग्मी लगायतले आ–आफ्ना धारणा राखेका थिए । प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, उपाध्यक्ष रोहित प्रसाद ज्ञवालीको स्वागत, बिष्णु गुरूङको स्वागत गीत, दामोदर ढकाल दीपकको सञ्चालनमा कार्यक्रम भएको थियोे ।