पाल्पाको रामपुरमा बन्यो इलाका प्रशासन कार्यालय, आजैदेखि सेवा प्रवाह
बुधबार, पुस ३, २०८१
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
बुधबार, पुस ३, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज पुँजीबजार परिसूचक पाँच दशमलव ६० अङ्कले घटेर दुई हजार छ सय २८ दशमलव २६ को बिन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
बुधबार, पुस ३, २०८१
निसीखोला गाउँपालिका–३ को बोहोरा गाउँमा गर्भवती र सुसारेलाई लक्षित गरी प्रतीक्षा घर सञ्चालनमा आएको छ । बोहोरागाउँ स्वास्थ्यचौकी भवनसँगै सञ्चालनमा ल्याइएको प्रतीक्षा घरमा टाढाबाट आउने गर्भवती र सुसारे लाभान्वित भइरहेका छन् ।
आँधीखोला तर्न फट्केको भर
बुधबार, पुस ३, २०८१
स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा फट्के मार्फत् आवतजावत गर्न थालेको झण्डै ४० वर्ष पूरा भएको छ । स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीले विशेष गरेर हिउँदका समयमा फट्के उपयोग गर्दछन् ।
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
बुधबार, पुस ३, २०८१
आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछन् । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त...
सहकारीसँग जोडिएर उत्तर नआएका प्रश्नहरु
बुधबार, पुस ३, २०८१
सहकारीबाट बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा यतिखेर धेरै व्यक्तिले प्रहरीको हिरासत र कारागारमा समय बिताउनु परेको छ । त्यस मध्यका एक जना बहुचर्चित व्यक्ति रवि लामिछाने पनि हुन् । उनी लगायत सबै व्यक्तिलाई एउटै विषयमा कानुनी दायरामा ल्याइएको हो ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस र यसको सार्थकता
बुधबार, पुस ३, २०८१
आज विश्वव्यापी रूपमा ‘अन्तर्राष्ट्रिय आप्रवासी दिवस’ मनाइँदैछ । संयुक्त राष्ट्र संघले ‘सबै आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि’ पारित गरेको दिन डिसेम्बर १८ लाई स्मरण गर्दै यो दिवस मनाउन लागिएको हो । महासन्धि राष्ट्रसंघीय महासभाले डिसेम्बर १८, १९९० मा पारित गरेको थियो ।
आज गृहमन्त्री लेखक पाल्पा आउँदै
बुधबार, पुस ३, २०८१
गृहमन्त्री रमेश लेखक आज बुधबार पाल्पा आउने कार्यक्रम तय भएको छ । इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवनको उट्घाटनका लागि उनी पाल्पा आउन लागेका हुन् ।
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
मंगलबार, पुस २, २०८१
निर्माण व्यवसायीले समयमै काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेशसम्म पुग्ने सडक कालोपत्र भइसक्थ्यो । गाउँपालिकाले पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि उक्त सडक अझै अधुरै छ । सम्झौताको पाँच वर्ष बित्दा पनि सडक कालोपत्र हुन नसक्दा स्थानीयलाई यात्रा गर्न...
भैरहवाका व्यवसायी भन्छन् ‘ विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौँ’
मंगलबार, पुस २, २०८१
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडानअवतरण भएसँगै खुसी भएका यहाँका पर्यटन व्यवसायीलाई अहिले सेवाको निरन्तरताको प्रश्नले सताएको छ । विमानस्थल निर्माण थालेसँगै लगानी बढाएका यहाँका पर्यटन व्यवसायीलाई अहिले विमानस्थल पूर्णरुपमा सञ्चालन हुन्छ कि हुँदैन भनी चिन्तित तुल्याएको छ ।
सालझण्डी–ढोरपाटन खण्डः १४ वर्षमा ३० प्रतिशत काम
मंगलबार, पुस २, २०८१
सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो ।


