Shittalpati
जोर्ते टिपर दुर्घटना अपडेट : ठेगाना खुल्यो, मृत्यु हुनेमा चालक 
जोर्ते टिपर दुर्घटना अपडेट : ठेगाना खुल्यो, मृत्यु हुनेमा चालक  जिल्लाको रिब्दीकोट गाउँपालिका –२ जोर्तेमा भएको टिपर दुर्घटनामा मृत्यु हुनेको विवरण खुलेको छ । मृत्यु हुनेमा चालक धादिङको थार्के गाउँपालिका–३  का ३१ वर्षीय केशव परियार रहेको प्रहरी चौकी अर्गेलीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
 जोर्तेमा टिपर दुर्घटना : एकको मृत्यु 
 जोर्तेमा टिपर दुर्घटना : एकको मृत्यु  जिल्लाको रिब्दीकोट गाउँपालिका –२ जोर्तेमा टिपर दुर्घटना भएको छ । आज विहान नवरलपरासीको पाल्पा  सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको ना ८ ख ३६५ नम्वरको  टिपर दुर्घटना भएको हो ।
बैतडीमा जिप दुर्घटना : मृतकको संख्या चार पुग्यो
बैतडीमा जिप दुर्घटना : मृतकको संख्या चार पुग्यो जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । डडेल्धुरा अस्पतालमा उपचारको क्रममा घाइते सिगास गाउँपालिका १ स्थित  २७ वर्षीय बसन्ती ऐरको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिए । 
रामपुरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु, दुई घाइते
रामपुरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु, दुई घाइते  जिल्लाको रामपुर नगरपालिका–८ कुमराङ्गमा दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । आज साँझा रामपुरबाट भुजाततर्फ जाँदै गरेको लु २० प ५८९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ६८ प ८८०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । 
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । 
सिद्धबाबा सुरुङमार्ग :  ६५ प्रतिशत काम सकियो
सिद्धबाबा सुरुङमार्ग : ६५ प्रतिशत काम सकियो राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत मात्रै  सकिएको छ । अहिलेसम्म १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको  निर्माण कार्य सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ । सुरुङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधिन छन् ।  सुरुङभित्रको...
बुटवल–गोरुसिङ्गे सडक आयोजना :  नदीजन्य सामग्री अभावले काम प्रभावित
बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्रिय राजमार्ग विस्तार गर्ने आयोजना अघि बढेको एक वर्ष हुन लाग्दा आवश्यक नदीजन्य सामग्री र माटोको अभाव देखिएको हो ।
भैरहवा–परासी सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
भैरहवा–परासी सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।
निस्दी  जिप दुर्घटना : थप एकको मृत्यु, मृतकको सङ्ख्या चार पुग्यो
निस्दी  जिप दुर्घटना : थप एकको मृत्यु, मृतकको सङ्ख्या चार पुग्यो पाल्पाको निस्दी गाउँपालिका–४, चिउरीवासमा भएको जिप दुर्घटनामा थप एक जनाको  मृत्यु भएको छ । पूरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो ।
निस्दी जिप दुर्घटना : मृतक मध्ये दुई जनाको सनाखत
निस्दी जिप दुर्घटना : मृतक मध्ये दुई जनाको सनाखत नवलपरासी पूर्व अरुणखोलाबाट पाल्पाको रामपुर नगरपालिकातर्फ गईरहेको यात्रुवाहुक जिप आज विहान  दुर्घटना हँुदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।
पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, आठ घाइते
पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, आठ घाइते पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । 
Weather Update