पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा– बुटवल सडक खण्ड बन्द
शुक्रबार, असोज ९, २०८३
वर्षाले बाढीपहिरोको जोखिम, सडकदेखि विद्यालयसम्म प्रभावित
शुक्रबार, असोज ९, २०८३
मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीले देशभरको जनजीवन प्रभावित भएको छ ।
दोभान–सिद्धबाबा खण्डमा राति सवारी आवागमन बन्द हुने
बिहीबार, असोज ८, २०८३
लगातार भइरहेको वर्षाका कारण पहिरो, बाढी तथा डुबानको जोखिम बढेपछि पाल्पा जिल्ला प्रशासन कार्यालयले सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
पाल्पामा वर्षाको असर : राजमार्गदेखि ग्रामीण सडकसम्म प्रभावित
बिहीबार, असोज ८, २०८३
बुधबार रातिदेखि परेको लगातारको वर्षाले पाल्पाका विभिन्न सडकखण्डमा पहिरो खस्दा यातायात प्रभावित भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रदेखि आर्यभञ्ज्याङ–रामपुर सडकखण्डसम्म पहिरो खसेपछि सडक सञ्चालनमा चुनौती थपिएको हो ।
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु
बिहीबार, असोज ८, २०८३
जिल्लाको सन्धिखर्क नगरपालिका–८ किमडाँडास्थित सन्धिखर्क–किमडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सिद्धबाबा सुरुङमार्ग : आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी
बुधबार, असोज ७, २०८३
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्ग आगामी मंसिरभित्रै सवारी साधन सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले निर्माण कार्यलाई तीव्रता दिँदै सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढाएको हो ।
छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
मंगलबार, असोज ६, २०८३
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना मृत अवस्थामा फेला परेका छन् ।
भोटेकोशी बाढी : मृतकको संख्या एक हजार ४ सय ५१ पुग्यो
सोमबार, असोज ५, २०८३
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ ५ बजेसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ५१ पुगेको छ ।
पाल्पाको भालेबास गाडी दुर्घटना : घाइते मध्ये एक जनाको मृत्यु (अपडेट)
आइतबार, असोज ४, २०८३
जिल्लाको तानसेन नगरपालिका–८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनुसरा खाम्चाको मृत्यु भएको हो ।
पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते
आइतबार, असोज ४, २०८३
पाल्पाको तानसेन नगरपालिका–८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । आज दिउँसो बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन् ।
भोटेकोसी बाढी : सुरुङबाट थप ११ जनाको शव निकालियो
आइतबार, असोज ४, २०८३
रसुवाको भोटेकोसीमा भदौ १० मा आएको बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदारको खोजीका क्रममा अडिट–३ सुरुङबाट ११ शव निकालिएको छ ।
तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल
शुक्रबार, असोज २, २०८३
गुल्मीको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै हवाई उडान हुन सकेको छैन् । उडान अवरुद्ध हुँदा जेठ महिनाको तेस्रो सातादेखि हालसम्म विमानस्थल सुनसान बनेको छ भने हवाई सेवा ठप्प छ । प्रतिकूल मौसमको कारण देखाउँदै पटक–पटक उडान रद्द भएपछि यात्रुलाई सडक मार्गबाहेक अर्काे भरपर्दाे विकल्प हुन सकेको पाइन्न ।
सिद्धबाबामा कारमाथि खस्यो ढुंगा, दुई जना घाइते
मंगलबार, भदौ ३०, २०८३
पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको कारमाथि अचानक ढुंगा खस्दा दुई जना घाइते भएका छन् । घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । बुधबार साँझ तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्गको माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै बा २० च ३९९९ नम्बरको कारमाथि सडक माथिबाट ढुंगा खसेर लागेको हो ।

-1790321112.jpg)
