Shittalpati
बुटवल–नारायणगढ सडक अवरुद्ध
बुटवल–नारायणगढ सडक अवरुद्ध  पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।  नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा पहिरो झरेकाले सडक अवरुद्ध भएको हो । 
कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण   
कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालोपत्र, ३६ वटा पुल निर्माणसम्पन्न भएका छन्, भने छवटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।    
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि बुधबार बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६१ प्रतिशत, के–के काम भइसक्यो ?
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६१ प्रतिशत, के–के काम भइसक्यो ? राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६१ प्रतिशत भएको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाले सोमबार सार्वजनिक गरेको प्रगति विवरण अनुसार ६१ दशमलव ६ प्रतिशत भौतिक प्रगति र ५१ दशमलव १ प्रतिशत वित्तीय प्रगति भएको हो ।
कालीगण्डकी करिडोर सडक अवरुद्ध
कालीगण्डकी करिडोर सडक अवरुद्ध बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । 
त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने
त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार  अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ । 
 जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो
 जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएको हो । 
गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने
गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने नेपाल वायु सेवा निगमले गुल्मीमा हवाई उडान तालिका परिवर्तन गरेको छ । निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएकामा अब केही समयका लागि सातामा एकपटक मात्र उडान हुने जनाएको छ । 
कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध
कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन् ।
Weather Update