अर्घाखाँचीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु
अर्घाखाँची, जिल्लाको सन्धिखर्क नगरपालिका–८ किमडाँडास्थित सन्धिखर्क–किमडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान लु.५ त ५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सन्धिखर्क नगरपालिका–८ काउली चौपारी पकले बस्ने अन्दाजी ३५÷३६ वर्षीय सुरज विश्वकर्माको मृत्यु भएको हो ।
गाडी सडकबाट करिब ५०० मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३
प्रतिक्रिया दिनुहोस्


