Shittalpati
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा– बुटवल सडक खण्ड बन्द

पाल्पा, निरन्तर अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने पाल्पा– बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा मन्दिर नजिकै र तिनाउ–५ को चरचरे र जोरधाराबीचमा पर्ने सडकमा माथिबाट ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक भिमलाल भट्टराईले बताए ।

सडक अवरुद्ध हुँदा  पाल्पा, गुल्मी, पोखरा, बागलुङ्गबाट बुटवल हिडेका र बुटवलबाट  फर्किएका सवारी साधनहरु बाटौमै अलपत्र परेका छन् ।  

यस्तै, रिब्दीकोट गाउँपालिका–५ माराबास र बोदीस्थित बतासेबाट रैनादेवी छहरा गाउँपालिका जाने भित्री सडकखण्डमा पनि वर्षाका कारण सडक माथिबाट पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।स्थानीय प्रशासन तथा सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । तर, लगातार वर्षा भइरहेकाले पहिरो हटाउने काममा कठिनाइ भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update