Shittalpati
मट्टीतेल र डिजेलको मूल्य ६ रुपैयाँ बढ्यो
मट्टीतेल र डिजेलको मूल्य ६ रुपैयाँ बढ्यो नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै बिहीबार रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा ६/६ रुपैयाँ बढाएको हो ।
फास्ट मोबाइल नेटवर्क अवार्ड एनसेललाई
फास्ट मोबाइल नेटवर्क अवार्ड एनसेललाई सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड नेपालको एनसेल आजियाटा लिमिटेडले प्राप्त गरेको छ । एनसेलले जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको हो । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाले एनसेललाई उक्त अवार्ड प्रदान गरेको छ ।
‘गरिमा मालामाल मुद्दती योजना’
‘गरिमा मालामाल मुद्दती योजना’ गरिमा विकास बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक गरेको हो । उक्त योजनामा ७३ महिना १० दिनमै निक्षेप दोब्बर र १ सय १६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने मुद्दती योजना ल्याएको जनाएको छ ।
मुक्तिनाथमा खाता खोल्दा एक लाखको बिमा
मुक्तिनाथमा खाता खोल्दा एक लाखको बिमा मुक्तिनाथ विकास बैंकमा खता खोल्दा एक लाखको चिकित्सा सम्बन्धी बिमा पाउने भएको छ । बैंकले हरितालिका तीजको अवसरमा ‘मुक्तिनाथ तिज विशेष अफर’ योजनामा उक्त सेवादिन लागेको हो । यो योजना अन्तर्गत भदौभित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीहरूले १ लाख रुपैयाँसम्मको चिकित्सा सम्बन्धी बिमा पाउनेछन् ।
पाल्पामा शाइन रेसुङ्गा बैंकद्वारा विद्यार्थीलाई वित्तीय  साक्षरता
पाल्पामा शाइन रेसुङ्गा बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पाल्पा शाखाले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत बैंकले जिल्लाको माथागढी गाउँपालिका चिदीपानीमा रहेको सौभाग्य माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
पाल्पामा सहकारी बैंकको शाखा ल्याउन जोड,सहकारीको पैसा सहकारीमै राख्न आग्रह
पाल्पामा सहकारी बैंकको शाखा ल्याउन जोड,सहकारीको पैसा सहकारीमै राख्न आग्रह पाल्पाका सहकारी अभियान्ताहरुले जिल्लामा सहकारी बैंकको शाखा ल्याउनु पर्नेमा जोड दिएका छन् । बुधबार राष्ट्रिय सहकारी बैंक बुटवल शाखाले तानसेनमा आयोजना गरेको सहकारी संघ/संस्था र सहकारी बैंक बिचको अन्तक्र्रिया कार्यक्रममा सहकारी अभियान्ताहरुले सहकारीको पूँजीलाई थप व्यवस्थित र सुरक्षित राख्न सहकारी बैंकको शाखा पाल्पामा ल्याउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले सहकारीको...
मंगलबार नेप्सेमा सामान्य सुधार
मंगलबार नेप्सेमा सामान्य सुधार मंगलबार नेप्सेमा सामान्य सुधार भएको छ । धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि परिसूचक नेप्से भने सामान्य अंकले सुधार आएको हो । कुल १ सय ४ कम्पनीको मूल्य घट्दा ७१ को मात्रै बढ्यो भने ११ को स्थिर रह्यो । नेप्से परिसूचक भने १.८५ अंक बढेर २०५४.९८ अंकमा कायम भयो ।
नेप्से लाग्यो ओरालो
नेप्से लाग्यो ओरालो सेयर बजारको परिसूचक नेप्से फेरी ओरालो लागेको छ । केही दिन अघि उकालो लागेको नेप्से फेरी ओरालो लाग्न थालेको हो । सेयर बजारको परिसूचक नेप्से सोमबार २०५३ अंकमा झरेको छ । कारोबार अवधिभर उतारचढावका बाबजुत अघिल्लो दिनको तुलनामा नेप्से ७.४१ अंकले घटेको हो ।
मृगौला पीडितलाई आर्थिक सहयोग
मृगौला पीडितलाई आर्थिक सहयोग पाल्पाली सेवा समाज दोहा कतारले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । उसले विगत एक वर्षदेखि मृगौलाको उपचार गराउदै आएका बगनासकाली गाउँपालिका–७ खानीगाउँका ५२ बर्षीय दिलबहादुर मगरलाई एक लाख आर्थिक सहयोग गरेको हो ।
ग्लोबलको अनलाइन मार्फत ग्राहक पहिचान सेवा
ग्लोबलको अनलाइन मार्फत ग्राहक पहिचान सेवा ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् ।
Weather Update