Shittalpati
इस्माको हर्पुकोटमा मेगा बैंकको सेवा विस्तार

गुल्मी, मेगा बैंक नेपाल लिमिटेडले जिल्लाको इस्मा गाउँपालिका १ हर्पुकोटमा सेवा विस्तार गरेको छ । बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच पुर्‍याउने उद्देश्यले शाखा रहित बैंकिङ्ग सेवाको विस्तार गरेको हो । शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बीच इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले उद्घाटन गरेका हुन् ।

सेवाको शुभारम्भ गर्दै खड्काले ग्रामीण भेगका विपन्न जनताको सेवामा समर्पित बन्न बैंकलाई आग्रह गरे । बैंकिङ्ग कारोबारका लागि अब सदरमुकाम जानुपर्ने बाध्यताबाट यहाँका नागरिकहरुले छुटकारा पाएको अध्यक्ष खड्ले बताए । ग्रामीण वस्तीमा बिस्तार गरिएको बैंकबाट अधिकतम सेवा लिन उनले सबैलाई आग्रह गरे । सेवा विस्तारसँगै यहाँ बैंक खाता खोल्न र वचत रकम जम्मा गर्न सक्ने छन् । रेमिटान्सबाट आएको रकम बैंक खाता मार्फत भुक्तानी पाउनुका साथै आकर्षक योजना सहित बैंक खाता खोल्न सकिने बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए । मोवाइल बैकिङ्ग, कर्जा सुविधा समेत प्रदान गर्ने छ । ग्रामीण क्षेत्रका नागरिकलाई बैकिङ्ग सेवामा पहुँच प्रदान गर्नको लागि शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख पाण्डेले बताए ।

शाखा रहित सेवा विस्तार कार्यक्रममा इस्मा गाउँपालिका वडा नम्बर–१ का वडाअध्यक्ष शेरबहादुर कुँवर, स्थानीय व्यवसायिक प्रतिनिधि चुरामणी घिमिरे, स्थानीय नारायण कुँवर विभिन्न संघ संस्थाका व्यक्तित्वहरु, बैंकका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update