Shittalpati
दराजको दसैं धमाका

पाल्पा (एजेन्सी), अनलाइन बजार दराजले दसैं धमका योजना ल्याएको छ । उसले आफ्नो ग्राहकहरुलाई लक्षित गरी वार्षिक दसैँ धमाका योजना ल्याएको हो । यो योजनामा ७० प्रतिशत सम्मको मेगा डिल, निःशुल्क शिपिंग, रु.२ हजार ५ सय सम्मको प्रीपेमेन्ट छुट, रु.दश हजारसम्मको मेगा भौचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा एनआईयू एनक्यूआई इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

कार्ड प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राहकहरूले डेबिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम रु. दुई हजार) र क्रेडिट कार्ड मार्फत २० प्रतिशत (अधिकतम रु.२ हजार ५ सय) सम्मको छुट पाउन सक्नेछन् । यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशत (अधिकतम रु. एक हजार) सम्मको अतिरिक्त छुट पनि पाउने छन् । विगतमा जस्तै यसपटक पनि १ रुपैयाँको गेम पनि फिचर गर्दैछ  । जसमार्फत ग्राहकहरूले निम्न मध्ये कुनै पनि पुरस्कारहरू मात्र १ रुपैयाँमा जित्नका लागि सहभागी हुन सक्छन् । अमेजÞ फिट जीटीएसमिनी, साउण्डकोर लाइफ नोट, एक जोडीको लागि यति एयरलाइन्सको वान वे टिकट र मोटो जी २२ मा सहभागी हुनका लागि ग्राहकहरूले अनलाइन प्रीपेमेन्ट मार्फत रु.१ अग्रिम भुक्तानी (प्रिपे) गर्नुपर्दछ । एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई रु १ फिर्ता गरिनेछ । दराज दसैँ धमाकामा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट विशेष डिल र छुटहरू उपलब्ध हुने छ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन् । अभियानका थप हाइलाइटहरूमा शेक शेक भौचर, ११ को बजार, आजाको दराज मल ब्रान्ड, कुपन नै कुपन, जो छिटो उसले जित्यो, सेलको झट्का र स्टोर वाइड अफरहरु रहेको कम्पनीले जनाएको छ  ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update