साढे १२ लाख भेटी संकलन
शनिबार, भदौ ४, २०७९
भीरकोटमा आर्थिक उपार्जन गर्न पकेट कार्यक्रम
शुक्रबार, भदौ ३, २०७९
स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बंगुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सुरु गरेको छ । नगरपालिकाका नौवटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडी परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पकेट कार्यक्रम सुरु गरेको हो ।
कालीगण्डकीद्वारा २० युनिट बिजुली निःशुल्क
बिहीबार, भदौ २, २०७९
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैले भुक्तानी गर्ने निर्णय गरेको हो । गाउँपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरी ६/६ महिनामा पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्यूनतम २० युनिट बराबरको रकम भुक्तानी...
अन्धकारमुक्ति सहकारी लुम्बिनीकै उत्कृष्ट
बिहीबार, भदौ २, २०७९
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था यस वर्ष लुम्बिनी प्रदेशमै उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आफ्नो ३५ औँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशका बचत तथा ऋण सहकारीमध्ये अन्धकारमुक्तिलाई उत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
‘विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता’
बुधबार, भदौ १, २०७९
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पाल्पाको समग्र विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । मंगलबार होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको आयोजित दोस्रो तथा तेस्रो साधारणसभाको समुद्घाटनमा मन्त्री रानाले पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
दराज मल फेस्ट अभियान
मंगलबार, साउन ३१, २०७९
नेपालको अग्रणी अनलाइन बजार, दराजले साउन ३० देखि दराज मल फेस्ट अभियान सुरु गरेको छ । यस अभियानले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम सपिङ अनुभव प्रदान गर्ने जनाइएको छ । अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, रु. ७ हजार सम्मको भउचरहरू, ब्रान्ड अफ द डे,...
राष्ट्र बैंकले खरिद गर्यो साढे ६ अर्बको ट्रेजरी बिल
सोमबार, साउन ३०, २०७९
राष्ट्र बैंकले साढे ६ अर्बको ट्रेजरी बिल खरिद गरेको छ । बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले ट्रेजरी बिल खरिद गरेको हो ।
धार्मिक क्षेत्रमा माछापुच्छ्रेको क्यूआर कोड
आइतबार, साउन २९, २०७९
माछापुच्छ्रे बैंकले धार्मिक क्षेत्रमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल आर्थिक विकास गर्ने गरी धार्मिक क्षेत्रमा क्यूआर कोड सञ्चालनमा ल्याएको हो । उसले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला
बुधबार, साउन २५, २०७९
सानिमा बैंकले शैक्षिक छात्रवृत्तिको आवेदन खुला गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई वहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
एनसेलको ‘सही यो ! पावर सिम’
मंगलबार, साउन २४, २०७९
एनसेल आजियाटा लिमिटेडले युवा लक्षित ‘सही यो ! पावर सिम’ फेरि सञ्चालनमा ल्याएको छ । इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बण्डल सेवा यसको प्रमुख विशेषता हो । एनसेलका अनुसार सोमबार (साउन २३) बाटै ग्राहकले करसहित ९७ रुपैयाँमा यो सिम लिन सक्ने छन् ।
पिपुल्स पावरले आईपीओ निष्कासन गर्दै
सोमबार, साउन २३, २०७९
पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आईपीयो निष्कासन गर्न थालेको छ । कम्पनीले ३१ साउनदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको जनाएको छ ।
मेगा बैंकले दियो अनाथ बालिबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री
आइतबार, साउन २२, २०७९
मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले अनाथ/बेसहारा बालबालिकाहरुका लागि खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत तानसेनमा रहेको अभियान नेपालको सिलोम आवसीय बाल गृहमा रहेका बालबालिकाहरुका लागि खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो ।
बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने
आइतबार, साउन २२, २०७९
बैंकहरू तत्काल निक्षेपको ब्याजदर वृद्धि नगर्ने पक्षमा देखिएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनको लागि निर्देशिका जारी गर्दै निक्षेपको ब्याजदर बढाउनुपर्ने बताए पनि बैंकहरु तत्काल व्याजदर नबढाउने पक्षमा देखिएका हुन् । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने बताएको छ ।


