एनसेलले ल्यायो थप आकर्षक योजना
बिहीबार, असोज ८, २०७७
अब चेक डिपोजिट गर्न अनलाइनबाटै भौचर भर्न सकिने !
मंगलबार, असोज ६, २०७७
अब चेक डिपोजिट गर्नकै लागि बैंक जान नपर्ने भएको छ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि सहज सेवा दिने उद्देश्यले अनलाइनबाटै चेक डिपोजिटका लागि भौचर भर्न सक्ने व्यवस्था मिलाएको छ ।
फरक क्षमता भएकालाई मैत्री क्लव तानसेनको खाद्यान्न सहयोग
आइतबार, असोज ४, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था मैत्री क्लव तानसेनले फरक क्षमता भएका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ । क्लवले रिब्दीकोट गाउँपालिका ३ खस्यौली स्थित मेलमिलाप नेत्रहिन तथा अपाङ्ग केन्द्रमा रहेका फरक क्षमताका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको हो ।
मृगौला पिडीत पाण्डेलाई आर्थिक सहयोग
शनिबार, असोज ३, २०७७
तानसेन नगरपालिका १४ अर्गेलीका मृगौला पिडीत झपिन्द्रलाल पाण्डेलाई आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मृगौलामा समस्या देखिएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा पाण्डेलाई आर्थिक सहयोग प्राप्त भएको हो ।
विना धितो सहुलियतपूर्ण कर्जा
शुक्रबार, असोज २, २०७७
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विना धितोमा सहुलियतपूर्ण कर्जा दिन शुरु गरेको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा चार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो ।
व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राख : राष्ट्र बैंक
बुधबार, भदौ ३१, २०७७
नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो ।
यामाहाको ‘रे जेडआर १२५ एफआई’ जित्ने यस्तो छ सुनौलो अवसर
बुधबार, भदौ ३१, २०७७
मोटरसाईकल तथा स्कुटरको आधिकारी विक्रेता यामाहाले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । यामाहाले नयाँ रे जेडआर १२५ एफआई लन्चका लागि भिन्न तयारी पनि गरेको छ ।
भदौ २८ गतेसम्म कोरोना बिमा गर्नेलाई पुरानै व्यवस्था लागू
बुधबार, भदौ ३१, २०७७
बिमा समितिले भदौ २८ गतेसम्मका कोराना बिमा गरेका बिमितको हकमा भने पुरानै व्यवस्था लागू हुने भएको छ ।
समितिले अहिले नयाँ निमय लागू गरेपनि भदौ २८ गतेभित्र बिमा गरेका बिमितलाई कोभिड–१९ संक्रमण पुष्टि भएमा पुरानै व्यवस्था लागू गरी एकमुष्ठ रकम दिने भएको हो ।
१ असोजबाट हवाई टिकट बुकिङ खुल्ने, गन्तव्य तोक्न बाँकी
मंगलबार, भदौ ३०, २०७७
सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी अब बुकिङ खुलाउने तयारीमा जुटेका छन् । त्यसअगाडि कम्पनीहरु कुन कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् ।
ढोरपाटनका बाढी प्रभावितलाई सोलार
मंगलबार, भदौ ३०, २०७७
ढोरपाटन नगरपालिकाका बाढी प्रभावित परिवारका लागि १ सय २६ थान घरेलु सौर्य ऊर्जा प्रणाली (सोलार) प्रदान गरिएको छ । सोमबार बाढीग्रस्त क्षेत्रमै पुगी बागलुङ–१ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र सौर्य विद्युत् उत्पादक सङ्घका सदस्य केशवराज शर्माले संयुक्तरूपमा सोलार हस्तान्तरण गरेका हुन् ।
किसानले उत्पादन गरेका कृषि उपज स्थानीय तहले खरिद गरिदिने
सोमबार, भदौ २९, २०७७
जिल्लाको एक स्थानीय तहले किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको छ । धुर्कोट गाउँपालिकाले कृषि उत्पादनलाई वृद्धि गरी गाउँपालिकालाई आर्थिक समृद्धि गर्ने गरी कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको हो ।
औद्योगिक ग्राममा ५३ उद्योग स्थापना हुँदै
आइतबार, भदौ २८, २०७७
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्राममा ५३ साना तथा घरेलु उद्योग स्थापना हुने भएका छन् । नगरपालिकाको वडा १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्राममा अत्यन्त कम प्रदूषण गर्ने ती उद्योगलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।
गुल्मीमा ४५ करोड लागतमा सव स्टेशन बन्दै
बिहीबार, भदौ २५, २०७७
जिल्लामा ४५ करोड लागतमा विद्युतको सव स्टेशन बन्न लागेको छ । नेपाल विद्युत प्राधिकरणको ४५ करोड लागतमा रेसुुङ्गा नगरपालिकाको वडा नं.५, ६ र ७ मा पर्ने उनायचौरमा १३२ केभीए विद्युत लाइनको सव–स्टेशन निर्माण हुन थालेको हो ।


