खेलकुद कार्यालय गुल्मीले गर्यो एक महिनाको भाडा छुट
रमेश विश्वकर्मा
गुल्मी, जिल्ला खेलकुद विकास समिति गुल्मीले एक महिनाको सटर भाडा छुट गरेको छ । खेलकुद विकास समिति भवनमा रहेका सटरहरु भाडामा लिएर व्यवसाय गर्दै आएका व्यसायीहरुको लागि एक महिना भाडा छुट गरिएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।
उनले कोरोना भाइरस (कोभिड–१९) बाट व्यवसायीहरू मारमा परेका कारण केही सहुलियत दिएको बताए । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशन तथा जिल्ला खेलकुद विकास समितिको निर्णय अनुसार सटर भाडा छुट गरिएको कार्यालय प्रमुख विश्वकर्माले बताए । खेलकुद कार्यालयले आफ्ना पाँचवटा सटर फरक–फरक मूल्यमा भाडामा दिएको छ । यसरी एकमुष्ट एक लाख १२ हजार सात सय ५५ रकम छुट दिएको कार्यालय प्रमुख विश्वकर्मा बताए ।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्