पाल्पा(एजेन्सी) । मोटर साईकल तथा स्कुटरको आधिकारी विक्रेता यामाहा नेपालले आफ्ना ग्राहकहरुका लागि नयाँ ‘रे जेडआर १२५ एफआई’ ल्याएको छ । यामाहले नयाँ ‘रे जेडआर १२५ एफआई’लाई नेपालमै पहिलो पटक भच्र्युअल प्रविधिमार्फत सार्वजनिक गरेको छ । नेपाली अटोमोबाइल जगतमा पहिलो पटक यस्तो अत्याधुनिक प्रविधिमा आधारित रहेर प्रडक्ट लन्च भएको हो जसले नेपाली दर्शकबाट प्रशंसा बटुलेको छ । नयाँ रे जेडआर १२५ एफआईको लन्च यामाहा नेपालको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भएको थियो । यो ग्रान्ड लन्चमा दर्शकलाई नयाँ स्कुटरको स्टाइल र फिचरको जानकारी थ्रि डि एक्सपिरियन्समार्फत दिइएको थियो । कार्यक्रममा रे जेडआर १२५ एफआई सार्वजनिक गर्नुका साथै यसलाई प्रत्यक्ष रुपमा हेर्ने एक जना भाग्यशाली विजेताको नाम समेत घोषणा गरिएको थियो ।
करिब ५० हजार जनाले लाइभ गर्न यामाहा नेपालको वेबसाइटमा आफ्नो नाम दर्ता गराएका थिए । एमएडब्लु यामाहा टु–ह्वीलर डिभिजनका सीईओ चिरञ्जिवी शाहले भने, ‘अडियन्स एक्सपिरियन्सलाई नयाँ उचाइमा पुर्याउन सफल भएकोमा हामी निकै खुसी छौं । हामीलाई विश्वास छ, हामीले प्रडक्ट लन्चको एउटा उदाहरणीय नमुना प्रस्तुत गरेका छौं । यामाहा नेपाल सदा आफ्ना ग्राहकलाई भावी प्रविधिको अनुभव गराउने प्रयासरत छ । रे जेडआर १२५ एफआईको लन्च पनि त्यसैमध्येको एउटा प्रयास हो । यो भच्र्युअल लन्चबाट हामीले ग्राहकलाई घरमै बसेर सुरक्षित रुपमा नयाँ उत्पादनको बारे जानकारी दियौं र यामाहाको डीएनए– रोमाञ्चकता (एक्साइटमेन्ट) लाई कायम राख्न सफल भयौं ।’ रे जेडआर १२५ एफआईले ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रति घन्टाको गति लिन सक्नेछ । साथै यसको माइलेज पनि सबै भन्दा बढी, ५८ किलोमिटर प्रति लिटर रहेको छ । अन्य फिचरहरु पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको कम्पनीको दावी छ । यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधि सहितको इन्जिन लगाइएको छ ।