Shittalpati
माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट योजना

पाल्पा । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुका लागि स्मार्ट योजना ल्याएको छ । आफ्नो स्थापनाको २० बर्ष पूराको अवसरमा बैंकले ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै विभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु तथा योजनाहरु एकैसाथ सञ्चालनमा ल्याएको हो । बैंकले नेपालमा नै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुले क्यूआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबीएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ । बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाईट पनि सुरुवात गरेको छ ।

ग्राहकहरुले स्मार्ट वेवसाइट मार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । त्यस्तै माछापुच्छ्रेले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न २०–२० (ट्वेन्टी–ट्वेन्टी) अफरहरु सञ्चालनमा ल्याएको छ । बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै प्रायोरिटी काउण्टर पनि सञ्चालनमा ल्याउने भएको छ । स्थापनाको २१ वर्षमा आइपुग्दा बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १ सय ६० वटा शाखाहरु, १ सय ३३ शाखारहित बैकि· सेवा, ५ वटा एक्सटेन्सन समेत गरी जम्मा २ सय ९८ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैङ्कको देशभर १ सय ९९ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् । पछिल्लो समय बैंकले डिजिटल सेवाप्रदान गर्न आफूलाई स्मार्ट बैंकि·मा आफूलाई अग्रणी रुपमा उभ्याउन सफल भएको दावा गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update