पाल्पा । युनियन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार अन्र्तगत मृत्यु दाबी भुक्तानी वापतको रकम भुक्तानी गरेको छ । कम्पनी पाल्पा शाखाले जिल्लाको तानसेन नगरपालिका ९ का लिला बहादुर सारुको श्रीमती दधिसरा सारुलाई वैदेशिक रोजगारको बिमा दाबी बापतको १३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त चेक पाल्पा शाखाका शाखा प्रवन्धक दिनेश नेपालले मृतकको श्रीमती सारुलाई हस्तान्तरण गरेका हुन् ।
दुई वर्ष अघि वैदेशिक रोजगारको क्रममा कतार पुगेका मृतक सारुको कोरोनाका कारण मृत्यु भएको थियो । मृतक सारुले दुई वर्ष अघि युनियन लाइफ इन्स्योरेन्समा बीमा लेखा नम्वर FE7475049302 अन्र्तगत वैदेशिक रोजगार म्यादी जीवन बिमा गराएका थिए । कम्पनीले मृतकका श्रीमती दधिसरालाई बिमाड्ढ दावी वापतको दश लाख, क्रिया खर्च बापत एक लाख, आय नोक्सानी वापत दुई लाख गरी १३ लाखको चेक प्रदान गरेको छ । बिमा गराउँदा आर्थिक सुरक्षा हुने गरेको कम्पनी पाल्पा शाखाका प्रवन्धक नेपालले बताए । मृत्यु दावी रकम बुझ्दै मृतक सारुको श्रीमती दधिसराले दुःखमा पनि कम्पनीले देखाएको सहयोग र सद्भावको प्रशंसा गरिन् । कम्पनीले बिमाबापतको दावी भुक्तानी रकम समयै दिदै आएको छ ।