Shittalpati
ज्ञानेन्द्र अटोले सार्वजनिक गर्‍यो  नयाँ यामाहा ‘रे जेडआर १२५ एफआई’

पाल्पा, पाल्पाको लागि यामाहाको आधिकारी विक्रेता ज्ञानेन्द्र अटो वक्सले नयाँ ‘रे जेडआर १२५ एफआई’ सार्वजनिक गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच वक्सले नयाँ रे जेडआर १२५ एफआईको सार्वजनिक गरेको हो । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले नयाँ स्कुटर चढेर नयाँ ‘रे जेडआर १२५ एफआई’को सार्वजनिक गरेका हुन् ।

नयाँ रे जेडआरको सार्वजनिक गर्दै अध्यक्ष महर्जनले ज्ञानेन्द्र अटोले ग्राकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुपथ मूल्यमा सहज र सुरक्षित यात्राका योजनाहरु सार्वजनिक गर्दै आएकोमा वक्सलाई धन्यवाद दिए । उनले ग्राहकहलाई ज्ञानेन्द्र अटोले सेवा मात्र नदिई धेरै युवाहरुलाई रोजगारीमा समेत जोडेर महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले भने ‘पाल्पाबाट धेरै मानिसहरु विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएका बेला ज्ञानेन्द्र अटोले ठाउँ–ठाउँमा सोरुमहरु सञ्चालन गरी धेरै युवाहरुलाई रोजगार प्रदान गरी आत्मानिर्भरको दिशामा अगाडि बढाएको छ ।’

कार्यक्रममा ज्ञानेन्द्र अटो वक्सका डाइरेक्टर विरेन्द्र काजी शाक्यले यामाहा सदा आफ्ना ग्राहकलाई भावी प्रविधिको अनुभव गराउने प्रयासरत रहेको बताए । उनले ग्राहकहरुको मागलाई मध्यनजर गर्दै विभिन्न समयमा नयाँ–नयाँ स्कुटर तथा बाईकहरु ल्याउदै आएको र आगामी दिनमा पनि त्यस्ता सेवा र योजनाहरुलाई निरन्तरता दिदै जाने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा ज्ञानेन्द्र अटोका विवेक काजी शाक्यले नयाँ स्कुटरको स्टाइल र फिचरको विषयामा जानकारी गराएका थिए । उनले नयाँ रे जेडआर १२५ एफआईमा मेजर रिफाइनमेन्टहरु गरिएको सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर भएको बताए । जसले मात्र ७.५९ सेकेण्डमा ६० किलोमिटर प्रति घण्टाको गति लिन सक्ने जनाकारी पनि शाक्यले दिए । साथै यसको माइलेज पनि सबैभन्दा बढी, ५८ किलोमिटर प्रति लिटर रहेको छ ।

अन्य फिचरहरु पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको उनको दावी छ । यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन लगाइएको छ । साथै, अंग्रेजी अक्षर ‘वाई’ आकारको नयाँ एलईडी लाईट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाईट स्टार्टअपको लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम जस्ता आधुनिक र सुविधाजनक फिचर रहेका छन् । यसको वजन ९९ केजी मात्र रहेको छ जसले यसलाई १२५ सीसी स्कुटर सेग्मेन्टको सबैभन्दा हलुकको स्कुटर बनाएको छ । यामाहा नेपालमा बीएस ६ मोडेलको उत्पादन भित्र्याउने एउटै मात्र दुई पांग्रे ब्रान्ड हो । यदि कसैले बेस्ट इन क्लास फिचर र पछिल्लो उत्सर्जन मापदण्डमा आधारिक सबैभन्दा राम्रो स्कुटर किन्न चाहनुह हुन्छ भने, नयाँ यामाहा रे जेडआर १२५ एफआई सबैभन्दा उत्तम विकल्प हुनेछ । यसको मूल्य दुई लाख ५४ हजार ९ सय रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update