निजामती कर्मचारी युनियन पाल्पाको शुभकामना सहित भित्ते पात्रो विमोचन
मंगलबार, चैत २७, २०८०

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
मंगलबार, चैत २७, २०८०
आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका–२ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो ।

आज नीमको पात खाने दिन
मंगलबार, चैत २७, २०८०
आज नीमको पात खाने दिन । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले बिम्वका रूपमा बुझाउँछ ।

सडकबाट उद्धार गरिएका वृद्धको मृत्यु
सोमबार, चैत २६, २०८०
सडकबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाइएका एक वृद्धको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग सडक छेउको नालीमा अचेत अवस्थामा भेटिएका वृद्धको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा सोमबार मृत्यु भएको हो ।

तानसेनका सरसफाइकर्मीसँग खुसी साटेर मनाए भण्डारीले जन्मदिन
आइतबार, चैत २५, २०८०
भण्डारीले आफु तल्लो वर्गका नागरिकसँग खुसीयाली साट्नुपर्छ भन्ने लागेर सरसफाइकर्मीसँग बसेर जन्मदिन मनाएको बताए ।

मैत्री क्लवका नयाँ सदस्यलाई स्वागत
शनिबार, चैत २४, २०८०
तानसेनको सामाजिक क्षेत्रमा क्रियाशिल मैत्री क्लवले आफ्ना नयाँ सदस्यहरुलाई स्वागत गरेको छ । क्लवले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी क्लवमा आवद्ध हुन आएका १० जना नयाँ सदस्यहरुलाई स्वागत गरेको हो ।

दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने
शुक्रबार, चैत २३, २०८०
दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने गरेको बताइएको छ । घरेलु तथा साना उद्योग कार्यलय पाल्पाको आयोजना र पाल्पा उद्योग वाणिज्य संघको समन्वयमा तानसेनमा भएको उत्पादित वस्तुको गुणस्तर र लेवलिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने गरेको बताएका हुन् ।

पाल्पाका ऐतिहासिक गढी तथा किल्लाको पदयात्रा गर्दै नेपाली सेना
बिहीबार, चैत २२, २०८०
नेपाली सेनाको टोलीले पाल्पाका ऐतिहासिक गढी तथा किल्लाहरूको पैदलयात्रा गर्ने भएको छ । ‘दोस्रो गोरखा–जितगढी’ पदयात्रा अन्तर्गत सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक बाकुमगढी, माथागढी, तानसेन र नुवाकोट गढी तथा गीतगढी किल्लाको पदयात्रा गर्ने भएको हो ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ मा
बुधबार, चैत २१, २०८०
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन २८ गते हुने जानकारी दिएका हुन् ।

पर्वतको जलजलामा एक दम्पती मृतावस्थामा फेला
मंगलबार, चैत २०, २०८०
पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् ।

आज विश्व अटिजम जागरूकता दिवस मनाइँदै
मंगलबार, चैत २०, २०८०
विश्व अटिजम जागरुकता दिवस आज विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ ।

तानसेनमा नेपाल विद्यालय कर्मचारी परिषद्को जिल्ला भेला
सोमबार, चैत १९, २०८०
नेपाल विद्यालय कर्मचारी परिषद् पाल्पाको जिल्ला भेला तानसेनमा भएको छ । परिषद्लाई थप प्रभावकारी र सशक्त बनाएर लैजान परिषद्ले भेला आयोजना गरेको हो ।