आज विश्व सम्पदा दिवस मनाइँदै
बिहीबार, वैशाख ६, २०८१

मनाइयो ‘रामनवमी’ पर्व
बिहीबार, वैशाख ६, २०८१
चैत्र शुक्लपक्ष नवमीको दिन पारम्परागत रुपले मनाइदै आएको रामनवमी बुधबार धूमधामका साथ मनाइएको छ । प्रत्येक वर्ष मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको हो ।

बगनासकालीमा व्यक्तिगत घटना दर्ता सचेतना कार्यक्रम
मंगलबार, वैशाख ४, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकाले व्यक्तिगत घट्ना दर्ता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । व्यक्तिगत घटना सम्बन्धी सचेतना सप्ताह अन्तर्गत पालिकाले सबै वडामा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
सोमबार, वैशाख ३, २०८१
सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले सम्हालेका थिए । यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिकरुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका हुन् ।

गोरखा–जितगढी पदयात्रा : सेनाको टोली पाल्पा आइपुग्यो
आइतबार, वैशाख २, २०८१
चैत २७ गतेदेखि दोस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आईपुगेको छ । गोरखा, तनहुँ, स्याङ्जा हुँदै आइतबार पाल्पा आइपुगेको हो ।

पाल्पाका पत्रकार भण्डारी काठमाडौंमा पुरस्कृत
आइतबार, वैशाख २, २०८१
पाल्पाको रामपुरमा स्थायी घर भएका पत्रकार जीवन भण्डारीलाई नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पुरस्कृत गरेको छ ।

नयाँ शैक्षिक सत्रका लागि देशैभर भर्ना अभियान सुरु
आइतबार, वैशाख २, २०८१
नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान आइतबारबाट सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र–२०८१ का लागि विद्यार्थी भर्ना अभियान देशभर सुरु भएको हो ।

गुल्मीमा कानुन विपरीतका हतियार जफत गरिने
आइतबार, वैशाख २, २०८१
जिल्ला प्रशासन कार्यालय गुल्मीले कानुन विपरीतका सम्पूर्ण हातहतियार जफत गर्ने भएको छ । पाँच वर्षभन्दा बढी नवीकरण नभएका हातहतियार प्रशासन कार्यालयले जफत गर्ने भएको हो ।

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
शुक्रबार, चैत ३०, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लागुऔषधसहित १० कारोबारी पक्राउ
बिहीबार, चैत २९, २०८०
ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले १० जना कारोबारीलाई पक्राउ परेको छ । अवैध लागुऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागुऔषध पाँच सय तीन एम्पुल एवं मनोनिपक पदार्थ नाइट्रोभेट एक हजार दुई सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागुऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।...

आज ‘इदउलफित्र’, सरकारले दियो सार्वजनिक विदा
बिहीबार, चैत २९, २०८०
इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरी आज ‘इदउत्रफित्र’ मनाउँदै छन । रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एक–अर्कामा शुभकामना साटासाट गरी यो पर्व मनाउने गर्दछन् ।

लागुऔषधसहित दुई महिला पक्राउ
बुधबार, चैत २८, २०८०
सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

भोलि देशभर सार्वजनिक विदा
बुधबार, चैत २८, २०८०
सरकारले भोलि ‘इदउलफित्र’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०७९ चैत २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गृह मन्त्रायले सार्वजनिक विदा दिने निर्णय गरेको हो । यो पर्व इस्लाम धर्मावलम्वीहरुको प्रमुख चाड हो ।