Shittalpati
भण्डारीको अर्को सफलता : साइन्स अध्ययनका लागि निकाले पूर्ण छात्रवृत्तिमा नाम

पाल्पा, माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा चार जिपिए ल्याएका गुल्मीका अर्जुन भण्डारीले अर्को सफलता प्राप्त गरेका छन् । भविष्यमा डाक्टर बन्ने  सपना बोकेका उनले कक्षा ११/१२ मा साइन्स अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।

साइन्स अध्ययनका लागि कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवलमा परीक्षा दिएका भण्डारीले पूर्ण छात्रवृत्तिमा नाम निकाले छन् । उनले प्रतिस्पर्धाबाट पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने सूचीमा आफ्नो नाम २५ औं नम्वरमा निकाल्न सफल भएका हुन् ।

गुल्मीको सत्यवती गाउँपालिका –५ रघेवाका १७ वर्षीय भण्डारीले हसरास्थित सत्यवती माध्यमिक विद्यालयबाट एसइई दिएका थिए । गाउँको दुरदराजमा बसेर घाँस–दाउरा गरी उत्कृष्ट नतिजा ल्याउन सफल भएका उनको नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकमले यस अघि समाचार प्रकाशन गरेको थियो । ‘गाउँमा घाँस–दाउरा गरेर भण्डारीले ल्याए चार जिपिए, भन्छन् – ‘डाक्टर बन्ने इच्छा छ’ शिर्षकको समाचार प्रकाशन भएपछि उनको चौतर्फी प्रशंसा भएको थियो ।

पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि उनले एनजेडीसँग संक्षिप्त प्रतिक्रिया दिदैं भने“ मेरो डाक्टर बन्ने सपना पुरा गर्न, मैले पूर्ण छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प थिएन्, त्यही भएर पनि मैले मेहनत गरे, यहाँको मिडियाबाट पनि मेरो लागि ठूलो सहयोग रहयो ।” मेरा कुराहरु मिडियामा आएका कारण पनि मलाई सफलता पाउन प्रोत्साहन मिलेको उनको भनाई छ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update