Shittalpati
सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश
सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिश कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिश गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिश गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।
प्रहरीको सन्देश ‘अनिवार्य मास्कको प्रयोग गरौँ’
प्रहरीको सन्देश ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि विशेष सचेतना अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।
धुर्कोट गाउँपालिकाका कृषकलाई भैसी
धुर्कोट गाउँपालिकाका कृषकलाई भैसी गाउँपालिकाले ५० जना कृषकहरुलाई भैसी वितरण कार्यक्रममा समावेश गरेको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार पहिलो चरणमा २४ जना कृषकहरुलाई भैसी वितरण गरिएको छ । बाँकी २६ जना कृषकलाई अबको एक साता भित्र वितरण गरिने बताइएको छ ।
सुवेदीले गरे स्वर्गिय माता पिताको स्मृतिमा वृद्धाश्रमलाई युरोगार्ड सहयोग
सुवेदीले गरे स्वर्गिय माता पिताको स्मृतिमा वृद्धाश्रमलाई युरोगार्ड सहयोग पाल्पा, होटल व्यवसायी तथा पत्रकार जीवलाल सुवेदीले वृद्धाश्रमलाई स्वर्गिय मातापिताको स्मृतिमा युरोगार्ड सहयोग गरेका छन् । तिनाउ गाउँपालिका ६ मस्याम निवासी सुवेदीले आफ्नो माता स्व. छविकला र पिता स्व. टिकाराम सुवेदीको स्मृतिमा नीलसार असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र तानसेनलाई युरोगार्ड सहयोग गरेका हुन् ।
रानीमहल दरबारको रङ फेरियो, अवस्था फेरिएन
रानीमहल दरबारको रङ फेरियो, अवस्था फेरिएन महलभित्र पानीपोखरी, मन्दिर, बगैँचा आदि रहेका छन् । दरबारको मूलढोकाबाट कुँदिएका ढुा र इँटाबाट बनाइएका खुड्किला तल सिधा कालीगण्डकी नदी कुण्डसम्म जोडिएका छन् । प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्यद्वार भएकाले तीर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवासमेत निर्माण गरिएको छ । तानसेनबाट उत्तरपश्चिम करीब तीन घण्टा पैदल यात्राबाट रानीमहल पुग्न सकिन्छ ।
उनाएचौरमा पुरातत्व शैलीको मन्दिर निर्माण
उनाएचौरमा पुरातत्व शैलीको मन्दिर निर्माण मन्दिरको एक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् । मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख भुसालले नगर भित्र उत्कृष्ट पर्यटकीय गनतव्य बनाउने उद्देश्यले आकर्षक मन्दिर निर्माण गरिएको बताए । उनाएचौरमा अरु धेरै पर्यटकीय संरचना बनाइने नगरप्रमुख भुसालको भनाई छ ।
माथागढी गाउँपालिकाद्वारा पत्रकार र कर्मचारी सम्मानित
माथागढी गाउँपालिकाद्वारा पत्रकार र कर्मचारी सम्मानित माथागढी गाउँपालिकाले वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार सहित कर्मचारीहरुलाई सम्मान गरेको छ । पालिकाको आठौं गाउँसभाको नीति तथा कार्यक्रमबाट जिल्लाका ४ जना क्रियाशिल पत्रकार र पालिकाका उत्कृष्ठ ४ जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।
देववाणीको अभिभावक भेला,चार सदस्य निर्वाचित
देववाणीको अभिभावक भेला,चार सदस्य निर्वाचित पाल्पा, वैशाख ८÷तानसेनमा रहेको देववाणी संस्कृत साधारण मा.वि.को अभिभावक भेला भएको छ । विद्यालयको शैक्षिक विकास, भौतिक संरचना, विद्यार्थीको गुणस्तरीय पठन–पाठनका लागि छलफल र नयाँ सदस्य चयन गर्नका लागि अभिभावक भेला बसेको हो ।
गुल्मीमा मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षामा राज्यको दायित्व विषयमा अन्तरक्रिया
गुल्मीमा मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षामा राज्यको दायित्व विषयमा अन्तरक्रिया गुल्मी जिल्लामा मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्वको बारेमा सरोकारवालाहरुसंग अन्तरक्रिया भएको छ । बुधबार जिल्लाको सदरमुकाम तम्घासमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया भएको जिल्ला प्रतिनिधि टोपलाल अर्याल जानकारी दिए ।
गुल्मीमा कोरोना संक्रमण बढेपछि ‘तपाईंको मास्क खोई ?’अभियान सुरु
गुल्मीमा कोरोना संक्रमण बढेपछि ‘तपाईंको मास्क खोई ?’अभियान सुरु जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर तथा नयाँ भेरियन्टको संक्रमण गुल्मीमा पनि देखिएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
Weather Update