बगनासकालीको आर्यभञ्ज्याङ बजार क्षेत्र सिल
आइतबार, वैशाख १९, २०७८
पाल्पामा निषेधाज्ञाको पहिलो दिन सुनसान देखियो
शनिबार, वैशाख १८, २०७८
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाको पहिलो दिन पाल्पामा अत्यावश्यक बाहेकका सवारीसाधान चलेका छैनन् । जिल्लाका मुख्य मुख्य शहर र तानसेनका मुख्य सडकमा पनि सुनसान देखियो । मानिसहरुको आवतजावत न्यून रहेको छ भने अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले सम्झाई बुझाई गरेको छ । सँधै व्यस्त रहने तानसेनको बसपार्क, तेस्रो...

रामपुरमा शीतभण्डार सञ्चालनमा
शनिबार, वैशाख १८, २०७८
पाल्पाको रामपुर नगरपालिकामा जिल्लामै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माण गरिएपछि कृषकलाई राहत भएको छ ।
.jpg)
गुल्मीमा वैशाख १८ गतेदेखि एक साता निषेधाज्ञा
शुक्रबार, वैशाख १७, २०७८
शुक्रबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १८ गते राती १२ बजेदेखि वैशाख २५ गते राती १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । पछिल्लो समय २०० बढी सक्रिय संक्रमित भएपछि यसको नियन्त्रणका लागि एक साताको लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बजेटमा जनताको अपेक्षा
शुक्रबार, वैशाख १७, २०७८
कोरना कहरका बीच आर्थिक वर्ष २०७८ /२०७९ को बजेट आउने तयारी भएर होला गाउँ शहर दुवै क्षेत्रमा कोरोना भन्दा माथि यसको जानी नजानी छलफल भएको सुनिन थालेको छ । एउटा गाउँका चल्ताफूर्ता मानिस दुई /चार जना मानिसलाई वरीपरी राखी चिच्याई चिच्याई गफ लगाउँदै थिए । यस पटकको बजेटमा हाम्रो घर...

चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द
बिहीबार, वैशाख १६, २०७८
विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेकै दिनबाट विभागले तत्काल लागि सेवा स्थगन गरेको हो ।

सबै स्थानीय तहमा नेपाल स्काउट
बुधबार, वैशाख १५, २०७८
नेपाल स्काउटले अब देशका ७५३ वटै पालिका हुँदै त्यहाँका सबै विद्यालयमा स्काउट संरचना निर्माण गर्ने भएको छ । नेपाल स्काउटले पत्रकार सम्मेलन गरी देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गर्ने तयारी गरिएको जानकारी दिएको हो ।

सम्बन्धित जिल्लामा प्रजिअले निषेधाज्ञा जारी गर्न सक्ने
बुधबार, वैशाख १५, २०७८
मन्त्रिपरिषद्का पछिल्ला बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेनलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संक्रमक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा...

पाल्पामा वैशाख १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा
बुधबार, वैशाख १५, २०७८
कोरोना संक्रमण उच्च भएपछि पाल्पामा एक हप्ता निषेधाज्ञा लगाउने तयारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १७ गतेदेखि निषेधाज्ञा लगाउने तयारी गरेको हो ।

रुपन्देहीमा निषेधाज्ञा हुने
मंगलबार, वैशाख १४, २०७८
बुटवल, रुपन्देहीमा कोरोना दर उच्च हुँदै गएपछि १५ दिनका लागि निषेधाज्ञा लगाउन गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि निषेधाज्ञा गर्न सिफारिश गरेको हो ।

देशभरका शैक्षिक संस्था बन्द, परीक्षा समेत स्थगित
मंगलबार, वैशाख १४, २०७८
नेपालमा कोरोना संक्रमण बढ्दै गए पछि देशभरका शैक्षिक संस्थाहरु बन्द भएका छन् । सरकारले सोमबारदेखि नै शैक्षिक संस्थाहरु बन्द गर्न भने पनि अधिकांश शैक्षिक संस्थाहरु भने आज मंगलबारदेखि बन्द भएका हुन् । भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट भने पठन–पाठन गर्न सकिने सरकारले जनाएको छ । कोभिड–१९ संकट...

मंगलबारदेखि बगनासकाली र माथागढीका विद्यालय बन्द गर्ने निर्णय
सोमबार, वैशाख १३, २०७८
कोरोनाको संक्रमण बढ्दै गएपछि पाल्पाको बगनासकाली गाउँपालिका र माथागढी गाउँपालिकाका विद्यालयहरु भोली मंगलबारदेखि बन्द हुने भएका छन् ।