चुनावको आश्वासनः विपन्नले पाए घर
बुधबार, चैत १६, २०७८
रूपन्देहीमा हातहतियार प्रहरी इकाईमा बुझाउन निर्देशन
मंगलबार, चैत १५, २०७८
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हातहतियार प्रहरी इकाईमा बुझाउन निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गदै निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा नजिकको प्रहरी इकाईमार्फत हतियार बुझाउन उल्लेख छ ।
हात खुट्टा सग्ला छैनन् , क्षमता भने अब्बल
सोमबार, चैत १४, २०७८
हात खुट्टा नभएका व्यक्तिले जीवनमा केही गर्न सक्दैनन्, उनीहरु परनिर्भर भएर बाच्नु पर्छ र समाजका बोझ हुन् भन्ने सोँच अझै पनि नेपाली समाजमा छ । तर गुल्मी मुसिकोटका एक युवकले भने समाजको साेंचलाई चिर्दै अपाङ्गता भएका व्यक्तिहरुमा पनि अद्भूत क्षमता र ज्ञान हुन्छ भन्ने प्रमाणित गरिदिएका छन् ।
ढाका कपडाको राजधानी बन्यो पाल्पा
शनिबार, चैत १२, २०७८
ढाकाको पहिचना बनाएको पाल्पालाई राजधानी घोषणा गरिएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, तानसेन नगर सरकार र पाल्पाली ढाका संघले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पाल्पालाई ढाका कपडाको राजधानी घोषणा गरेका हुन् ।
पाल्पामा छोरीहरुले गरे बाबुको सामुहिक ‘काज किरिया’
शनिबार, चैत १२, २०७८
नेपाली समाजमा हिन्दु धर्मावलम्बीहरुले परम्पराअनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन छ ।
धुर्कोट र इस्मामा ‘एक घर एक धारा’ जडान
शनिबार, चैत १२, २०७८
खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ ।
रामपुर उद्योग वाणिज्य संघमा नेतृत्व चयन गरिदैं
शुक्रबार, चैत ११, २०७८
रामपुर उद्योग वाणिज्य संघ पाल्पाको नयाँ नेतृत्व चयन गर्न थालिएको छ । संघले यही चैत १४ गते तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न थालेको हो । संघले नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका समेत प्रकाशन गरेको छ ।
लागूऔषध सहित पाँच जना पक्राउ
शुक्रबार, चैत ११, २०७८
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीबाट २ जना र दाडबाट ३ जना गरी ५ जनालाई पक्राउ गरेको हो । केन्द्रीय प्रहरी समाचार कक्षाका अनुसार बुटवल उपमहानगरपालिका–११ का २४ वर्षीय युद्वजित सुनारी र १३ का २७ वर्षीय सुनिल श्रेष्ठ लागुऔषध सहित पक्राउ परेका...
कालीगण्डकी नदीमा डुवेर एक युवकको ज्यान गयो
बिहीबार, चैत १०, २०७८
कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवकको ज्यान गएको छ । धनकुटा पाख्रीबास नगरपालिका –६ फलातेका ३३ वर्षीय मोहन बस्नेत तानसेन नगरपालिका १४ अर्थुङ्गास्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार डुवेर बेपत्ता भएका थिए ।
कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवक बेपत्ता
बिहीबार, चैत १०, २०७८
कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवक बेपत्ता भएका छन् । धनकुटा पाख्रीबास नगरपालिका –६ फलाते का ३३ वर्षीय मोहन बस्नेत तानसेन नगरपालिका १४ अर्थुङ्गास्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार डुवेर बेपत्ता भएका हुन् ।
शिक्षासेवी गौतमद्वारा विद्यार्थीलाई खाजा सामग्री
बुधबार, चैत ९, २०७८
जिल्लाको सत्यवती गाउँपालिका १ अस्लेवाका शिक्षासेवी सन्तोष गौतमले विद्यार्थीहरुलाई खाजा सामग्री दिएका छन् । उनले सत्यवतीका तीन विद्यालयका विद्यार्थीहरुलाई खाजा सामग्री दिएका हुन् । गौतमले जनता मावि अस्लेवा, द्वागा प्रावि र मचाकोट प्राविमा पुगी यहाँ अध्ययनरत विद्यार्थीहरुलाई ग्लुकोज, पानी पिउने बोतल र टिफिन वक्स वितरण गरेका छन् ।
देशभर यातायात कार्यालय अनिश्चतकालका लागि बन्द
बुधबार, चैत ९, २०७८
देशभरका यातायात कार्यालय अनिश्चितकालका लागि बन्द हुने भएका छन् । यातायात व्यवस्था विभागले एक सूचना जारी गरी देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्न लागेको जनाएको छ ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
बुधबार, चैत ९, २०७८
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको छ । रूपन्देही, दाङ र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।


