आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
शुक्रबार, मंसिर १७, २०७८
बगनासकालीमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता
बिहीबार, मंसिर १६, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिएको छ । विगतका वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सयौैंलाई रोजगार प्रदान गरिसकेको गाउँपालिकाले यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो ।
पाल्पामा शुक्रबारदेखि मतदाता नामावली संकलन गरिदै
बिहीबार, मंसिर १६, २०७८
जिल्ला निर्वाचन कार्यालय पाल्पाले यही मसिंर १७ गते शुक्रबारदेखि जिल्लाका दशवटै पालिकामा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । निर्वाचन कार्यालयले मसिंर १७ देखि २६ गतेसम्म पहिलो चरणमा र मंसिर २८ देखि पुस ८ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन गर्न लागेको हो ।
घूससहित कार्यालय प्रमुख र अमिन पक्राउ
बुधबार, मंसिर १५, २०७८
चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो ।
हल्का हिमपातको सम्भावना
सोमबार, मंसिर १३, २०७८
न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ ।
रेसुङ्गा नगर सरकारको सेवा घरदैलोमा
सोमबार, मंसिर १३, २०७८
जिल्लाको रेसुङ्गा नगर सरकारले आफ्नो सेवालाई नागरिकको घरदैलोमा पुर्याएको छ । नगर सरकारले नागरिकलाई घरआगनमै स्थानीय सरकार आएको अनुभूति दिलाउन एकिकृत घुम्ती शिविरमार्फत सेवालाई घरदैलोमा पुर्याएको हो ।
छोराको कुटपिटबाट आमाको मृत्यु
शुक्रबार, मंसिर १०, २०७८
पाल्पाको रिब्दिकोट गाउँपालिका ८ पेलाचौरमा आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । ६२ वर्षकी मेनु सारूलाई आफ्नै छोराले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा मृत्यु भएको हो ।
खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी फेरियो
शुक्रबार, मंसिर १०, २०७८
पानीको जोहो गर्दैमा समय बित्थ्यो, यहाँका महिलाको । पानीको मुहान सुक्दै गएपछि खोल्सो र खोलाकिनार धाउनुपथ्र्याे । अहिले भने घरमै पानी आएपछि यहाँका स्थानीयवासीलाई धेरै सजिलो भएको छ । पानी पाएपछि सजिलो भएको मात्र होइन उनीहरुको दैनिकी नै बदलिएको छ भन्छिन्, स्थानीयवासी भीमकुमारी सोती । उनलाई बालबच्चा, घरायसी कामधन्दासँगै घण्टौँ...
साहित्यकार कार्कीद्वारा अक्षयकोष स्थापना
बिहीबार, मंसिर ९, २०७८
साहित्यकार नीलम कार्की ‘निहारिका’ले पाल्पाको भवानी माध्यमिक विद्यालय कुसुमखोलामा अक्षयकोष स्थापना गरेकी छिन् । कार्कीले दुई लाख रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरेकी हुन् । उनले पद्मश्री पुरस्कार (दुई लाख रूपैयाँ) रकमबाट विद्यालयमा कोष स्थापना गरेकी हुन् ।
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
बिहीबार, मंसिर ९, २०७८
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । यस वर्ष सुन्तला रङमा रंगेर महिला हिंसालाई अन्त गर भन्ने प्रतिविम्व सहित कार्यक्रम गरिदै छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय महिला आयोग र विभिन्न गैरसरकारी संघसंस्थाले संयुक्त रूपमा दिवस मनाउने तयारी गरिरहेका छन् ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
बिहीबार, मंसिर ९, २०७८
जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । तानसेन, रामपुर र रैनादेवी छहरामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । तानसेनमा अचेत अवस्थामा रहेका एक पुरुष, रामपुरमा नहरले बगाएर ल्याएको अवस्थामा एक व्यक्ति र रैनादेवी छहरामा रुखमा झुण्डिएको अवस्थामा अर्का एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी...
रामपुरमा नहरले बगाउदै ल्याएको अवस्थामा शव भेटियो
बुधबार, मंसिर ८, २०७८
जिल्लाको रामपुरमा नहरले बगाउँदै ल्याएको अवस्थामा एक युवकको शव भेटिएको छ । रामपुर फाँट सिंचाई योजनाको नहरले बगाउदै ल्याएको अवस्थामा रामपुर ३ का १६ वर्षीय मोहन सिंह ठकुरीको शव भेटिएको हो ।


