Shittalpati
प्रतिनिधिसभा निर्वाचनका लागि ८७ दल दर्ता

पाल्पा, मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि ८७ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार अगामी प्रतिनिधि सभाको निर्वाचनाका लागि ८७ वटा दलले दर्ता गराएका हुन् । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको आयोगले जनाएको छ ।

त्यस्तै संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४ वटा रहेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा चुनावमा लागि ७९ वटा निर्वाचन चिह्न रहेको छ । निवेदन दिँदा चारवटा समूहमा रहेका १२ वटा दलले तालमेल गर्ने निर्णय गरेर एकल चुनाव चिह्न माग गरेका थिए । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको एकल चुनाव चिह्न स्वीकृत भएको छ । नेपाल कम्युनिस्ट पार्टी (राष्ट्रवादी), समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टीको समेत एकल चुनाव चिÞन कायम गरिएको छ ।

आयोगले सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टीले समेत तालमेल गर्ने निर्णय गर्दै माग गरेको एकल चुनाव चिह्न स्वीकृत गरेको छ । त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी ७५ वटा दल सहभागी हुने भएका छन् । बाग्मती प्रदेशसभा चुनावमा ७२ दलले भाग लिने छन् । त्यसैगरी प्रदेश १ मा ७०, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४/६४ दल सहभागी हुने भएका छन् । प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४/४ वटा रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update