Shittalpati
मिर्गौलापीडितलाई सहयोग
मिर्गौलापीडितलाई सहयोग गुल्मी जिल्ला समाज युकेले गुल्मी चन्द्रकोट–४ की एक मिर्गौलापीडित महिलालाई रु चार लाख १६ हजार आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौलाको समस्याबाट पीडित कमला थापामगर खत्रीलाई उक्त सहयोग गरिएको हो । 
लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै
लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ ।
निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को विमर्श
निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को विमर्श निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को तानसेनमा विमर्श गरिएको छ । साहित्यकार भागवत खनालद्वारा लिखित सङ्ग्रहको एक औपचारिक कार्यक्रमकाबिच विमर्श गरिएको हो ।
मन्दिर परिषरमा मदिरा !
मन्दिर परिषरमा मदिरा ! जिल्लाको तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिर परिषरमा मदिरा प्रदर्शनमा राखिएको पाइएको छ । भगवानको पुजा आरधना गर्ने पवित्र स्थान जस्तो मन्दिरमा खुलमखुला मदिरा प्रदर्शन गरिएको पाइएको हो ।
मानव अन्तरिक्ष विमान दिवस मनाइँदै
मानव अन्तरिक्ष विमान दिवस मनाइँदै आज अप्रिल १२ अर्थात् अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी  मनाइँदै छ । अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएको दिनको सम्झनामा अप्रिल १२ मा यो दिवस मनाउँदै आइएको हो ।
आज हनुमान जयन्ती मनाइँदै
आज हनुमान जयन्ती मनाइँदै हनुमानको आज जन्मजयन्ती मनाइँदैछ । चैत्र शुक्ल पूर्णिमाका दिन हरेक वर्ष रामदूत हनुमानको जन्मजयन्ती मनाउने गरिन्छ । सनातन धर्मका अनुयायीले यो मनाउने गर्छन् ।
हावाहुरीको वितण्डा
हावाहुरीको वितण्डा बुधबार साँझदेखि पानीसहित आएको हावाहुरीले पाल्पा, गुल्मी, अर्घाखँची लगायतका जिल्लाहरुमा वितण्ड मच्याएको छ । हावाहुरीका कारण मेला महोत्सव, घर, होटल, विद्यालय, मन्दिरलगायत संरचनाका छाना उड्नुका साथै पशुचौपायका खोर, गोठ समेत क्षतिग्रस्त भएका छन् ।
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयनमा
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयनमा लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ । प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको सहकार्यमा उक्त रणनीति कार्यान्वयनमा आएको हो ।
नेपाली सेनाले सुरु गर्‍यो तेस्रो गोरखा–जितगढी पदयात्रा
नेपाली सेनाले सुरु गर्‍यो तेस्रो गोरखा–जितगढी पदयात्रा नेपाली सेनाले विहीबारदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ सेनाले गोरखा–जितगढी एकीकरण पदयात्राको थालनी गरेको हो ।
सचेतना कार्यक्रमले निस्दीमा घट्दैछ बालविवाह
सचेतना कार्यक्रमले निस्दीमा घट्दैछ बालविवाह बालविवाह न्यूनीकरणका लागि पाल्पाको निस्दी गाउँपालिकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको छ । पालिकास्तरमा बालविवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि यहाँ पछिल्ला वर्षमा बालविवाह हुने क्रम घट्दो अवस्थामा छ । निस्दीमा विसं २०७९ मा २७६ जोडीले बालविवाह गरेकामा २०८१ सालको हालसम्म भने यस्ता आठ जोडी मात्र रहेका बालकल्याण अधिकारी...
गुल्मी कारागारमा सीप सिक्दै आम्दानी गर्दै कैदीबन्दी
गुल्मी कारागारमा सीप सिक्दै आम्दानी गर्दै कैदीबन्दी  जिल्ला कारागारमा रहेका कैदीबन्दी यतिबेला उद्योग कर्ममा रमाउन थालेका छन् । कारागारमा दुई वर्षदेखि काष्ठकला र फर्निचर उद्योग स्थापना गरेर यहाँका कैदीबन्दीले मासिक रूपमा न्यूनतम रु सातदेखि रु ४५ हजारसम्म कमाउँदै आएका छन् ।
हुरीबतास र वर्षाले तानसेन महोत्सव प्रभावित    
हुरीबतास र वर्षाले तानसेन महोत्सव प्रभावित     हुरीबतास र वर्षाका कारण पाल्पामा जारी दोस्रो तानसेन महोत्सव प्रभावित भएको छ । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी यही चैत २२ गतेदेखि सञ्चालन गरिएको महोत्सव बुधबार दिउँसोदेखिको वर्षा र हुरीबतासले प्रभावित भएको हो ।
Weather Update