समयसँगै परिवर्तित ‘नाग पञ्चमी’
मंगलबार, साउन १३, २०८२
आज विश्व बाघ दिवस मनाइँदै
मंगलबार, साउन १३, २०८२
आज विश्व बाघ दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाघको संरक्षणार्थ उनीहरूको बास स्थानको संरक्षण, जनचेतना वृद्धि, संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूका विषयमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
सर्पको टोकाइबाट एककोे मृत्यु
सोमबार, साउन १२, २०८२
साउनः दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ
आज विश्व हेपाटाइटिस दिवस मनाइँदै
सोमबार, साउन १२, २०८२
आज विश्व हेपाटाइटिस दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी नेपालसहित विश्वभर नै मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस विभिन्न स्वास्थ्य संस्थाहरु र चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छन् ।
बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य
आइतबार, साउन ११, २०८२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन् । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तरराष्ट्रिय सङ्गोष्ठीको आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा...
मूल बीउ उत्पादन गरिँदै
आइतबार, साउन ११, २०८२
स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो ।
गुल्मीमा आगलागीबाट युवतीको निधन
आइतबार, साउन ११, २०८२
धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको छ । धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएको थिइन् ।
तानसेनको खानेपानीमा बजेट अभाव हुन दिन्न : मन्त्री यादव
शनिबार, साउन १०, २०८२
खानेपानी मन्त्री प्रदीप यादवले तानसेनमा खानेपानी समस्या समाधानका लागि आफुले बजेट अभाव हुन नदिने बताएका छन् । शनिबार तानसेन खानेपानी उपाभोक्ता समितिको दशौं वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै मन्त्री यादवले यहाँको खानेपानीको लागि कुनै पनि बजेट अभाव हुन नदिने बताएका हुन् ।
अरिङ्गालले टोकेर एक महिलाको मृत्यु
शनिबार, साउन १०, २०८२
जिल्लामा रामपुरमा अरिङ्गालले टोकेर एक महिलाको मृत्यु भएको छ । रामपुर नगरपालिका–२, सेरामा अरिङ्गालले टोकेर ५७ वर्षीया दानु कुमारी रावतको मृत्यु भएको हो । अरिङ्गालले टोकेर घाइते भइएकी रावतलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए ।
हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी
शनिबार, साउन १०, २०८२
यहाँको रेसुङ्गा नगरपालिका–७ मा १०० किलोवाट क्षमताको हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी गरिएको छ ।
गर्मी बढेपछि बन्द हुन थाले विद्यालय
शनिबार, साउन १०, २०८२
गर्मी बढेपछि तराई क्षेत्रका विद्यालयहरु बन्द हुन थालेका छन् । रुपन्देही र कपिलवस्तुमा गर्मी बढेपछि विद्यालय बन्द गर्न थालिएको छ ।
महिनाभर मनाउने गुँला पर्व सुरु
शनिबार, साउन १०, २०८२
नेवार समुदायको बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व विहीबारदेखि सुरु भएको छ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व विधिवत् सुरु भएको हो ।
गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल
शुक्रबार, साउन ९, २०८२
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्नेमा जोड दिएका छन


